राज्यसत्ता,
काठमाडौ , असार २६ – एमएस थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा) र परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक समाजबादी पार्टी (सगसपा) बिच एकिकरण भएको छ ।

एकता सम्बन्धि सहमति पत्रमा अध्यक्ष थापा र सगसपाका अध्यक्ष परशुराम तामाङले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम “समाजवादी जनमुक्ति पार्टी ” हुने भएकोछ ।
ललितपुर धोबीघाटस्थित जनमुक्तिको मुख्यालयमा असार २६ गते थापा र तामाङले एकिकरण पत्रमा हस्ताक्षर गरेका हुन । सहमति अनुसार चुनाव चिन्ह घर राखिने भएको छ । पार्टीको झण्डा निलो पृष्ठभूमिा रातो तीन तारा भएको हुनेछ ।
एकीकृत नयाँ पार्टीको अध्यक्षमा एमएस थापा र सहअध्यक्षमा परशुरामा तामाङ रहने भएका छन् । २५ बर्ष भन्दा बढी जनमुक्तिमा एक्लौटी अध्यक्ष गर्ने थापा पूर्व मन्त्री हुन भने तामाङ नेपाल आदिवासी जनजाति महासंघमा २ पटक महासचिव भएका ब्याक्ति हुन ।
२०७० को संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले ६३,८३४ मत ल्याएर समानुपातिकमा २ सभासद पाएको थियो । पार्टीका बरिष्ठ उपाध्यक्ष समेत रहेका सभासद शिबलाल थापा र पार्टी अध्यक्ष बिच मत भिन्नता भएकोले पार्टीले पाएको दुबै सभासद गुमाउदै राष्ट्रिय जनमुक्ति पार्टी सभासद बिहिन हुन पुगेको छ ।
उता दुबै सभासद शिबलाला थापा र शिमा बि.केले पार्टी छोडी लोकतान्त्रिक जनमुक्ति पार्टी खोलीसकेका छन ।
