देब पचभैया
बुटवल, असार २७ – अन्तरिम संविधान २०६३ को मर्म र भावना विपरित संविधानको मस्यौदा आएकाले यसले उत्पिडीत समुदाय तथा महिलाहरुको हित गर्न नसक्ने भन्दै आफुहरुलाई मान्य नहुने शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिए ।
राष्ट्रिय जनमुक्ति पार्टीको महिला संगठन राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको राजनैतिक प्रशिक्षण तथा भेटघाट कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उप–महासचिव तारा वलालको प्रमुख
आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला मोर्चाका केन्द्रिय महासचिव चन्दा थापा ,संघिय परिषद् सदस्य सुर्यकुमार सारु , राष्ट्रिय भूतपूर्व सैनिक
संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर राना , लुम्विनी राज्य समिति अध्यक्ष
नरेन्द्र रौतार , संघिय सभा सदस्य क्या. मनबहादुर थापा , राष्ट्रिय युवा
मोर्चाका केन्द्रिय कोषाध्यक्ष शंकर गाहा मगर , राष्ट्रिय महिला मोर्चाका
जिल्ला सल्लाहाकार मधु राना लगायतले बोलेका थिए भने राष्ट्रिय
जनमुक्ति पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख टोप अस्लामी , कमल थापा
लगायतले राजनैतिक प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।
महिला मोर्चाका जिल्ला अध्यक्ष विमला गुरुङ्गको अध्यक्षता तथा सचिव केशरी गाहाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
फोटो:सूर्य सारू
