पर्साको अध्यक्षमा कमलबहादुर पिठाकोटे मगर

Read Time:2 Minute, 17 Second

नीरज पिठाकोटे
वीरगन्ज, असार २४ – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको अध्यक्षमा कमलबहादुर पिठाकोटे मगर चयन भएका छन् ।

  परिषदको प्रथम जिल्ला अधिवेशनले पिठाकोटे मगरको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा जंगी महतो धानुक, सचिवमा जगत राई, कोषाध्यक्षमा ममता महतो, सदस्यहरुमा सोमबहादुर लामा, उजेली मैया तामांग, टेम्पा शेर्पा, मोहन गुरुङ लगायत रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर भुजेलले गरेका थिए । उदघाटन सत्रमा बोल्दै भुजेलले आदिवासी जनजातिहरुले राज्य मागेको नभएर समान अधिकारको खोजी गरेको बताए । उनले सदियौंदेखि उत्पीडनमा पारेका आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र भेषभूषा राज्यले खोसेको हुँदा त्यसको प्राप्तिको लागि आदिवासी जनजाति आन्दोलन भएको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव गणेश थकालीले आदिवासी जनजातिको हक अधिकार सहितको संविधान निर्माणका लागि दबाब दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले संविधानको मस्यौदामा नै त्रुटी भएकोले त्यसलाई नसच्याए आदिवासी जनजातिले पूरा अधिकार नपाउने दावी गरे ।

आदिवासी जनजातिको प्रथम जिल्ल अधिवेशनका लागि प्रमुख अतिथिको रुपमा एमाओवादीका केन्द्रीय सचिव एवं पूर्व अर्थमन्त्री बर्षमान पुनलाई आमन्त्रण गरिएकोमा केही प्रतिकिर्याबादी तत्वले उनलाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएपछि प्रमुख अतिथिको लागि आएका पुन फर्किएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %