हुम सुनारी मगर
काठमाण्डौ , असार २३ –भूकम्प पीडितहरूको लागि मगर संघ साउदीले झन्डै तीन लाख रुपैंया सहयोग गरेको छ ।

मगर अन्तर्राष्ट्रिय मञ्चमा आवद्ध नेपाल मगर संघ साउदी अरेवीयाले भूकम्प पीडितहरूको लागि दुई लाख चौरासी हजार ६ सय चौहत्तर रुपैंया आर्थिक सहयोग गरेको छ। सो सहयोग रकम ७ जुलाई २०१५ मंगलबारको दिन होटेल न्युक्यास्टल सुन्धारा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर मगर संघ केन्द्रीय समितिका पदाधिकारीहरूलाई मगर संघ साउदीका महिला केन्द्रीय सदस्य श्रीमती कुमारी सुनारीमगरले हस्तान्तरण गरेका थिएँ।
मगर अन्तर्राष्ट्रिय मञ्चको पहल र सकृयतामा नेपालमा भूकम्प आएको केहि दिनदेखि नै विश्वको विभिन्न देशहरूमा रहने मगर समूदायहरूबाट आर्थिक सहयोग सङ्कलन गर्दै आइरहेको छ। मगर अन्तर्राष्ट्रिय मञ्चले सङ्कलन गरेको आर्थिक सहयोग नेपाल मगर संघ केन्द्रीय समितिलाई हस्तान्तरण गरि भूकम्पद्वारा अति प्रभावित जिल्लाहरूमा सो रकमबाट खाध्य पदार्थ तथा पाल खरिद गरेर राहत वितरण गर्दै आइरहेको छ।
मगर अन्तर्राष्ट्रिय मञ्चले भूकम्पद्वारा अति प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण जस्ता परियोजनाहरू पनि लैजाने पहल भईसकेको छ। पुनर्निर्माणमा भूकम्प प्रतिरोधात्मक घरहरू, बिद्यालय तथा खानेपानी जस्ता परियोजनाहरूलाई प्रार्थमिकतामा राखेका छन्। त्यसको लागि नेपाल मगर संघ केन्द्रीय समितिलाई त्यस्ता खालका दिर्घकालिन स्थायी परियोजनाहरूको खाका तयार पार्न सुझाव पेश गरिएको छ।
हालसम्म मगर अन्तर्राष्ट्रिय मञ्चले चलाएको यो अभियानमा मगर संघ हङकङ, साउदी अरेवीया, जापान, मलेशिया, यु.ए.इ., बहराइन, कतार, दक्षिण कोरिया र इजरायलले ५० लाख रुपैंया भन्दा बढी आर्थिक सहयोग गरिसकेको छ। मगर संघ हङकङले आर्थिक साथै जिन्सी सामग्रीहरू गरि २५ लाख भन्दा बढी रकम बराबरको सहयोग गरिसकेको छ भने बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया र केहि यूरोपका देशहरूमा कृयाशील मगर संघहरूले दिर्घकालिन स्थायी परियोजनाहरूमा लगानी गर्ने उद्देश्यले आर्थिक सङ्कलन गर्ने प्रकृया अगाडी बढाई रहेका छन्। मगर संघ बेलायतले मात्रै २६ लाख रुपैंया भन्दा बढी रकम सङ्कलन गरिसकेको जानकारी प्राप्त भएको छ।
