मगर काइके भाषाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 30 Second

दिपा अाले

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति अन्तरगत (भाषिक विभाग)को आयोजनामा मगर काइके भाषाको वर्तमान अवस्था अवसर र चूनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । मगर समुदायले बोलिने ३ वटा भाषा मध्ये काइके भाषा लोप हुन थालेपछि त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सम्बन्धीत पक्षहरुसंग छलफल कार्यक्रम गरिएको हो ।
अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरले मगर भाषा संरक्षण र सबर्धन गर्नको लागि युवाशक्तिहरु जागरुप भएर अघि बढ्नु पर्ने बताए । संघको विधि र विधानमा रहेर भाषा, धर्म संस्कृतिलाई रक्षा गर्न मगर समुदायको कर्तब्य भएको बताउंदै विगतमा भएका संरचना र संस्कृतिलाई संरक्षण गर्नु पर्ने धारणा राखे । उनले भने आज हामी पहिचान भनेर खोजेका छौं तर हाम्रै भाषा धर्म संस्कृतिलाई जोगाउन पछि परेका छौं पहिचान मागेर मात्र हुदैन त्यसलाई कसरी जेर्गना गर्न सकिन्छ त्यसतर्फ लाग्नु पर्ने बताए ।
भाषा संरक्षणकोलागि स्वयम मगर समुदाय अघि बढ्नु पर्ने र राज्यमा पहुंच बढाउन विधि र प्रक्रियाबाट जानकोलागि लोकसेवा एक बाटो भएको बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष थापामगरले राज्यसत्तामा पहुंच बढाउनकोलागि लोक सेवा मात्र नभई राजनीतिक क्षेत्रमा पनि लाग्नु पर्ने धारणा राखे । अन्तक्रिया कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व भाषिक उपाध्यक्ष श्याम घर्तिमगरले काईके भाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणीकारहरु जक बहादुर
बुढामगर, विष्णु सिंजालीमगर, युरिका सिंजाली मगरले टिप्पणी गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरु मध्ये नेपाल मगर संघका पूर्व अध्यक्ष एम बहादुर बुढाथोकीमगर, युवा मगर संघका प्रतिनिधि तिलक काम्छामगर सोपा घर्तिमगर, मगर विद्यार्थी संघका केन्द्रीय सदस्य निरज पुनमगर लगायतले प्रश्न गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सफलता र काईके भाषालाई संरक्षण सबद्र्धन गर्ने उद्देश्य लगायतका विषयमा संघका पूर्व अध्यक्ष एव सल्लाहकार राम बहादुर थापामगर र र्वतमान अध्यक्ष दिपा आलेले आ आफ्ना धारणा राखेका थिए । उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता काइके भाषिक उपाध्यक्ष गगन पुनमगरले गरेका हुन् भने कार्यक्रमको सहजिकरण संघका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख श्याम रानामगर र सुष्मा थापामगरले गरेको हो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस समिति, आर आर क्याम्पस समिति, ताहचल क्याम्पस समिति,टि यु समिति, युथ पब्लीक क्याम्पस समिति विभिन्न संघसंस्थाका पदाधिकारी र केन्द्रीय समितिको पदाधिकारी, केन्द्रीय सल्लाहकारहरुको उपस्थिति रहेको थियो । काइके भाषा सबन्धी अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको छलफलबाट निचोड निकालेर छिटटै नै भाषा सम्बन्धी अर्को कार्यक्रम गरिने र भाषा कक्षा सञ्चालन गर्ने संघले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %