गोविन्द घर्ती
देवदह असार ११ । नेपाल मगर युवा संघ देवदह नगरसमितिको आयोजनामा लागु पदार्थ दुर्ब्यसनी विरुद्ध जनचेतना मोटरसाईकल ¥याली सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय लागु औषध दुर्ब्यसन दिवसको अवसरमा उक्त जनचेतना मुलक मोटर साईकल ¥यालीको आयोजना गरेको हो । युवा लागु औषध दुर्ब्यसनीमा फसीरहेको अवस्थामा मगर युवा संघले युवाहरुलाई सचेत र सजग बनाउने उद्देश्यले लागुऔषध विरुद्ध जनचेतना मोटर साईकल ¥यालीको आयोजना गरेको संघका अध्यक्ष विनोद थापामगरले बताए । चेतना मुलक नारा सहित रुपन्देहीको देवदह नगरपालिकाको विभिन्न वडाहरुमा मोटर साईकल ¥याली गरिएको थियो । मोटरसाईकल ¥यालीको समापन गर्दै मगर युवा संघ देवदहका अध्यक्ष विनोद थापामगरले युवाहरु लागु औषध दुर्ब्यसनी तिर नभई देशको विकास तर्फ लाग्नु पर्ने बताए ।
युवाहरुलाई लागु औषध दुर्ब्यसनीबाट बचाउन अभिभावकहरु सचेत र सजग हुनु पर्ने बताउदै आफना छोरा छोरीको आनीवानीमा आएको परिवर्तनलाई अभिभावकहरुले ख्याल गर्नु पर्नेमा जोड दिए । नेपाल मगर संघको कार्यालय देवदह–८, शितलनगरबाट शुरु भएको ¥याली खैरेनी, ढेकावर, विर्ता, भवानीपुर, घोडाहा, भलुही, चरङ्गे हुदै पुनः शितलनगरमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा युवा संघका पदाधिकारी, सदस्य, सल्लाहकार, संघका पदाधिकारी, महिला संघका पदाधिकारी सदस्यहरु, प्रहरी प्रशासनको समेत सहभागिता रहेको थियो ।
