जनजाती महासंघ इजरायलको अधिवेसन सम्पन्न

Read Time:2 Minute, 30 Second

माया घले मगर

  तेलअविव,जुन २२ – “आदिवासी जनजातीका विश्व ब्यापी एउटै अडान,पहिचान र अधिकार सहितको संघिय संबिधान “भन्ने मुल नाराका साथ १९ जुन २०१५ शुक्रबारका दिन नेपाल आदिवासी जनजाती महासंघ इजरायलको प्रथम अधिवेशन तेलअविव,इजरायलमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्वमा भएको अधिवेशनको प्रमुख अतिथिमा संघीय नेपाली समाज,इजरायलका अध्यक्ष छिरिङ शेर्पा रहेका थिए । यसैगरी अतिथिहरुमा जनजाती महासंघ इजरायलमा आवाद्ध जातीय संस्थाका अध्यक्षहरु र अनलाइन मिडियाकर्मीहरु रहेका थिए ।

प्रथम अधिवेशन द्वारा नयाँ कार्यसमितिका सम्पूर्ण पदधिकारी एवम् सदस्यहरु सहमतिमा चयन भएका छन् ।

 

जसअनुसार अध्यक्षमा सुवास राई, प्रथम उपाध्यक्षमा डोमा शेर्पा,दितीय उपाध्यक्षमा बसन्त रास्टकोटी,तृतीय उपाध्यक्षमा रन्जुबाबा श्रेष्ठ छन ।

महासचिवमा निर्मला गुरुङ,सचिबमा नयन इमासोङ,कोषध्याक्षमा शरिन ख्युङबा तामाङ,सहकोषध्याक्षमा कल्पना थेब चयन भएका छन ।

समितिका सदस्यहरुमा लक्ष्मी योन्जन तामाङ,नानीमाया योन्जन तामाङ,जीवन थाक्लुङ,ओम गुरुङ,नरमाया गुरुङ,बबिता श्रेष्ठ,रेखा श्रेष्ठ,अनन्त थापा मगर, लिला थापा,पेम्बा शेर्पा,आङछिरिङ शेर्पा,दिप कुमार राई र बबिना राई चयन भएका छन् । कार्यसमितिको अवधि १ बर्षको हुने छ ।   य

सैगरी प्रमुख सल्लाहकार सुन्दर सिह लामा तामाङ, सल्लाहकारहरुमा युबराज राई,छिरिङ शेर्पा,केशब रानामगर,सगुन प्रधान,डिक गुरुङ र चन्द्रमाया तामाङ मनोनयन भएका छन् भने किराँत याक्थुङ चुम्लुङ इजरायलबाट १ जना सल्लाहकार पछि मनोनयन गरिने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %