देब पचभैया
पाल्पा, असार ५ – नेकपा माओबादीका महासचिब राम बहादुर थापा (बादल) ले एकिकृत नेकपा माओबादी र नेकपा माओबादी मिलेर दुश्मनलाई चकित पार्ने बेलामा एमाओबादीको घृणित कृयाकलापले आफैलाई चकित पारेको बताएका छन ।
क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले शनिबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिब थापाले क्यास माओबादीले काग्रेस एमाले संघ १६ बुदे संझौता गरेर जनबिरोधी संबिधान निर्माण गर्न खोजेपछि ड्यास माओबादी संगको एकताको प्रयास अन्त्य भएको बताए ।
दोस्रो संबिधान सभाको निर्बाचन पछि हार खाएको एमाओबादीले नेकपा माओबादी संग कुम जोडन आएको भन्दै पार्टी एकताको लागी अहिले सम्म भएका बार्ता र प्रयास बेकार भएको उनको भनाई छ ।
हाम्रा कमीकमजोरीमाथि दुस्मन पसेर पार्टी फुटेको थियो, उनले भने “अब पार्टी एकता गरेर उनीहरुलाई चकित पारौ भनेको आफै चकित परियो ।” क्यास माओबादी संग पार्टी एकताको प्रयास अन्त्य भएपनि त्याहा भित्र रहेका क्रान्तीकारीहरु संगको एकता चाही जहिले पनि हुन सक्ने उनको भनाई छ । बर्तमान सरकारले संबिधान निर्माण र अहिलेको संकट टार्न नसक्ने दाबी गर्दै माओबादी महासचिब थापाले सर्बपक्षिय राष्ट्रिय सरकार बन्नुपर्नेमा जोड दिए ।
भुकम्पीय बिपत्तीको बेला बाहिर र भित्रका तस्करहरुलाई कमाउन दशै आएको भन्दै त्रिपालमा मात्रै २५ करोड भ्रष्ट्राचार गर्नेहरुले जनतालाई कुहेको चामल बाडेको उनको आरोप छ ।
सरकारले भारतसंग निपा संझौता गर्नुपर्ने बेला बिपा संझौता गरेको भन्दै उनले भने, बि भनेको भारत हो, यसले भारतलाई मात्रै फाईदा पुग्छ, गर्नुपर्ने सहमति निपा हो । नि भनेको नेपाल बादी थियो । सेना परिचालन गरेर बनेको नक्कली संबिधान सभा दुईको कुनै तुक नरहेको थापाको जिकिर थियो ।
संबिधान सभाले काम गर्न नसकेर प्रदेश सभा र कुनै आयोगलाई जिम्मा दिन खोज्नुले संबिधान सभाकै औचित्य सकिएको उनको ठम्याई छ ।
