रूद्र श्रीस मगर
सामुदायिक संचार केन्द्र कास्कीको आयोजना एवं लेखनाथ नगरपालिकाको आर्थिक सहयोगमा लेखनाथ उद्योग बाणिज्यसंघको सभाहलमा बुधबार र विहिबार संचालन भएको तालिममा लेखनाथ नगरपालिका भित्रका ३३ जना युवा युवतीको सहभागीता रहेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग बाणिज्यसंघका अध्यक्ष बाबुराम गिरीले लेखनाथ नगरपालिकाले प्रस्तावना लेखन तालिम संचालनमा सहयोग गरेर नगरबासिको प्रस्ताबना लेखनमा ठुलो सहयोग गरेको बताए । तालिमले प्रस्ताबना लेखनमा स्तर बृद्धि भएको र आगामी दिनमा त्यसको प्रतिफल देखिने बताए ।
नगरपाकिलाका कानुनी अधिकृत राममणि अधिकारीले सामुदायिक सञ्चार केन्द्र कास्कीले सञ्चार माध्यम र फिल्डमा पनि जनचेतना जगाउन ठुलो भुमिका खेलेको भन्दै सामुदायिक सञ्चार केन्द्रले सहजीकरण गरेको तालिम फलदायी हुने गरेको बताए ।नगरपालिकाकै सामुदायिक शाखा प्रमुख मिना भट्टराई भण्डारीले नगरपालिकाले नाम मात्रैको नभएर उपलब्धी मुलक हुने गरी तालिम सञ्चालन गरेको बताए । प्रस्तावना लेखनमा सहभागी भएकाहरुलाई नगरपालिका भित्र मात्रै नभई अन्य क्षेत्रमा पनि प्रस्ताबना पेश गर्न आग्रह गरे ।
तालिममा गैरसरकारी संस्था कास्कीका अध्यक्ष गोपाल खड्का, सामुदायिक सञ्चार केन्द्र कास्कीका कोषाध्यक्ष राज शर्मा र पत्रकार घनश्याम पाण्डेयले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा सहभागी बुद्धीमाया थापा मगर,भिमा पुन र टेउ बहादुर गुरुङले तालिम फलदायी भएको भन्दै आगामि दिनमा पनि तालिम लाई निरन्तरता दिन आग्रह गरे । पत्रकार घनश्याम पाण्डेयले आफुहरुले नगरपालिकाकै सहयोगमा सकारात्मक सोच र बैठक ब्यबस्पाथन सम्बन्धी दुई वटा तालिम छिट्टै संचालन गर्ने बताए । सामुदायिक सञ्चार केन्द्र कास्कीका कोषाध्यक्ष राज शर्माले तालिममा प्रशिक्षण गराएको कुरा ब्यहारमा लागु गर्न आग्रह गरे । शर्माले तालिमले आफु भित्र रहेको प्रतिभा लाई निखार ल्याउने काम गर्ने सवैको लागि तालिम आबश्यक हुने बताए ।
