कमल चौधरी
बुटवल , नेपाल अदिवासी चलचित्र संघका केन्द्रीय अध्यक्ष अमृत सुनुवरले नेपालमा पहिचनको गुञ्जमन भएको बताए ।
उनले आज जुनसुकै ठाउँ क्षेत्रमा पहिचानको बहस हुने गरेको भन्दै पहिचान के हो ? पहिचान ‘शब्द’ अदिवासीहरुले बुझ्न जारुरी रहेको औल्यएका छन् । बुटवलमा इण्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले अयोजना गरेको कार्यक्रमको समुद्घघाटन क्रममा बुधबार बोल्दै सुनुवरले अदिवासीहरु अफ्नो मौलिक भाषा संस्कृतिबाट निकै टाढा पुगेको बताए । उनले परम्परागत ज्ञान सिप र अफ्नो पहिचनलाई कहिल्यै भुल्न नहुनेमा जोड दिएका थिए ।
उनले विभेदकारी राज्यनितीले गर्दा चारसय भन्दा बढी आदिवासी भाषाभाषिका चलचित्रहरु निर्माण भएपनि कुनै किसिमबाट अभिलेख नराखेको जिकीर गरे । उनले अब आदिवासी जनजाति चलचित्र अनुकुल नीतिहरु लागू हुनुपर्ने भन्दै –“वाटो कठिन हुँदा हुदै आफ्नो जाति समुदायको भाषा संस्कृतिको पहिचान जिवितै राख्नको लागि हामी चलचित्रकार्मीहरु संघर्षरत अवस्थामा छौं ।” उनले भने आदिवासी जनजाति चलचित्र के हो ? यसलाई आम समुदायले बुझ्ना जारुरी रहेको छ ।

हामी नेपाली भएर नेपालीलाई चिन्न सकिरहेका छैनौ । पश्मिको मगर, पुर्वको लिम्बुलाई र तराईका थारुहरुले हिमालको शेर्पा समुदायलाई चिन्नुपर्र्ने भन्दै पूर्वपश्चिम, उत्तरदक्षिण, हिमाल पहाड जुनसुकै ठाउँमा बस्ने समुदायको एतिहसिक पहिचनको बारेमा बुझ्नै पर्ने बताए । आदिवासी जनजाति समुदायले नेपाललाई विश्वमानै चिनाएको भन्दै राज्यले यस अदिवासी जनजाति समुदायका भाषा संस्कृति परम्परा जगेर्नाको लागि विशेष ध्यान दिनुपर्ने जोड दिए ।
त्यस्तै कार्यक्रममा आदिवासी जनाजति चलचित्र महासंघका केन्द्रीय उपाध्यक्ष तथा कालकार सुकमाया तामाङ्गले भनिन् –“हामी आदिवासी जनजातिहरु जहाँ भए पनि आफ्नो धर्म, भाषा, संस्कार र मौलिक पहिचानको लागि लागिपरेका छौं ।” विगतमा गुमेका हाम्रा ति पहिचानहरुलाई दिगोरुपमा विकासगर्ने युवापिडिको कर्तव्य रहेको बताईन् । उनले जो जहाँ भए पनि आ–आफ्नो ठाउँबाट आगडी बढ्न आग्रह गर्दै आफूले तामाङ्ग समुदायको प्रतिनिधित्व गरेर आगडी बढीरहेको चर्चा गरिन् । उक्त नेपाल आदिवासी चलचित्र महोत्वस २०७२ का महोत्सव निर्देशक शंकर गाहाको अध्यक्षता, विमाल गुरुङ्गको स्वागत तथा केशरी गाहामगरको संचलनमा सम्पन्न भएको थियो । महोत्सवमा अवलोकन गर्नकालागि रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा लगायतका छिमेकी जिल्लाबाट विभिन्न आदिवासी समुदायका हजारौको संख्यमा दर्शकहरुको उपस्थिति रहेको थियो ।
बुटलमा दुई दिन चलको महोत्सवमा इतिहाँसले मेटाएको तामाङ्ग जातिको पहिचान, लाटो पहाड, कबड्डी, मिथेवा, पेकोसामा, रैथाने ज्ञान विनाको जीवन, कपाई, द कोरियन ड्रिम, जुटल घर फुटल गई जस्ता मगर, गुरुङ्ग, लिम्बु, थकाली थारु लगायतका अदिवासी जनजाति समुदाको एतिहासिक पहिचान झल्किने छोटा फिल्म, डकुमेन्ट्रि, चलचित्र र सुचनामुलक बृचचित्रहरु प्रदार्शन भएको थियो ।
