खपाँगी र शिबलालको पार्टी बिच एकिकरण हुँदै

Read Time:2 Minute, 6 Second

मिनबहादुर थापा मगर

  काठमाण्डौ,४ असार – राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष संग मतभेद भै अलग भएका गोरेबहादुर खपाँगीको लिबरल डेमोक्र्टिक पार्टी र शिबलाला थापाको राष्ट्रिय जनमुक्ति पार्टी(लोकतान्त्रिक) नेपाल बिच एकिकरण हुने भएको छ । 

राष्ट्रिय जनमुक्ति पार्टी(लोकतान्त्रिक) नेपालको संसदियदलको कार्यालय सिंहदरबारमा लिबरल डेमोक्र्टिक पार्टी (L.D.P) बिच पार्टी एकिकरण सम्बन्धमा सौहार्द पूर्णरुपमा बार्ता सम्पनन भयो ।

दुबै पार्टी बिच न्यूनतम  बिषयमै एकिकरण गर्नु पर्नेमा सहमति गर्दै छिट्टै पुन: दुबै पार्टीको बार्ता टोली द्धवारा टुग्याउने गरि सहमति भयो । दबै पार्टीको सैदान्तिक मुद्दा सबै मिलेको र प्राबिर्धिक रूपमा अन्तिम रूप लिएको एलडिपीका महासचिब राम कुमार सुस्लिंगले बताए ।

पार्टी अध्यक्ष एमएस थापा संग असशन्तुष्ट भै स्वतन्त्र बसेका हजारौ नेता,कार्यक्रताहरू पनि

राष्ट्रिय जनमुक्ति पार्टी(लोकतान्त्रिक) नेपालमा प्रबेश हुने केन्द्रिय सदश्य  धर्मराज छत्याल मल्ल ठकुरी(हुम्ला)ले जानकारी दिए ।

बार्तामा सहभागीहरु : 

अध्यक्ष तथा सभासद मा. शिबलाल थापा मगर,महासचिब  चन्द्रबहादुर श्रीस,सदस्यहरू टोपबहादुर बलाल र धर्म छत्याल मल्ल ठकुरी र एलडिपीको बाट राम कुमार सुस्लिंग,शिब राना र टोपबहादुर थापा छन् ।

फोटो: शिब राना

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %