माया घले मगर
नेपालमा गएको विनाशकारी भुकम्पबाट ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्ने र घाइते तथा अंगभंग भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने क्रम देश विदेशमा रहेका नेपालीहरुमा अहिलेपनि जारी छ । यसै शिलशिलामा इजरायलमा रहेका नेपालीहरुले सप्तान्त विदाको समय पारी दिप प्रज्वलन तथा शोक सभाको आयोजना गर्ने क्रममा गत शुक्रवार दिप प्रज्वलन तथा शोक सभाको आयोजना गरियो भने १६ मई शनिवार २५५९औं वुद्ध जयन्ति तथा शोकसभा कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
शुक्रवार इजरायलमा रहेका नेवार समुदायका नेपालीहरुद्वारा स्थापना गरिएको नेवा खस्ल इजरायलको आयोजनामा साँझको ७ बजे तेलअभिवको लेवन्स्की पार्कमा दिप प्रज्वलन गरी शोक सभा गरेका छन् । वुद्ध धर्मगुरु थुप्तेन लामा तामाङद्वारा गरिएको मन्त्र पाठसँगै दिवंगतहरुको सम्झनामा मौन धारण गरी शुरुवात गरिएको शोकसभा कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले मन्तव्य राख्दै शोक व्यक्त गरेका थिए ।
त्यस्तै इजरायलमा रहेका सक्रिय दिदी वहिनीहरुको एउटा समुहले भुकम्प पिडितहरुको सहयोगार्थ शुक्रवार नै फुड फेस्टिवलको आयोजना गरेका थिए । ममिता श्रेष्ठको संयोजकत्वमा इरिका लिम्वु, नुमा लिम्वु, नरिता गुरुङ, रेखा सुवेदी, रोजी लिम्वु, सर्मिला श्रेष्ठ, कञ्चन लिम्वु, ममता लिम्वु, नेहा लिम्वु, वसन्ती लिम्वु, कृष्ण लिम्वु, ज्योती सुव्वा, रती महर्जन र दिपा श्रेष्ठ सहित १५ जना टोलीको सक्रियतामा गरिएको उक्त फुड फेस्टिवलमा नेवारी परिकारहरु समयवजी, वारा, छोयला, रोटी, तरकारी, मःम र साँझको खाना लगायतका परिकारहरु समाविस्ट थिए । रात्री खानाको समेत समावेश गरिएको उक्त फूड फेस्टिवलमा समुहका १५ जना सदस्यहरुद्वारा गरिएको ३ हजार शेकेल लगानी सहित आएको मुनाफा समेत गरी कुल रकम भुकम्प पिडित सहयोग संकलन अभियान इजरायललाई हस्तान्तरण गर्ने योजना रहेको संयोजक ममिता श्रेष्ठले जानकारी दिइन ।
फेस्टिवल अप्रहान्न ४ बजेदेखि साँझ अवेरसम्म चलेको थियो । त्यस्तै १६ मई शनिवार नेपाल मगर समाज इजरायलको मुल आयोजनामा, विभिन्न संघ संस्थाहरुको आयोजना र सहआयोजना तथा भुकम्प पिडित सहयोग संकलन अभियान इजरायलको संयुक्त आयोजनामा तेलअभिवको लेवेन्स्की पार्कस्थित बास्केट बल ग्राउन्डमा २५५९औं वुद्ध जयन्ति तथा वृहत शोकसभा कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
कार्यक्रममा सभापती तथा नेपाल मगर समाज इजरायलका अध्यक्ष वसन्त रास्कोटी मगर, प्रमुख अतिथी नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई र वौद्ध धर्म गुरू थुप्तेन लामा तामाङद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शुरुवात गरिएको उक्त कार्यक्रममा वैशाख १२ गते पश्चात पटक-पटक गएको महाविनाशकारी भुकम्पवाट ज्यान गुमाएका हजारौ नेपालीहरूको दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो ।
वुद्ध प्रेमी नेपालीहरु, नेपाली भाषी भारतियहरु, इजरायली नागरिकहरू, इजरायली बौद्ध मार्गी भक्तजनहरु समेत गरी उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रमको शुरुवातमै वौद्ध धर्मगुरू थुप्तेन लामा तामाङले वुद्ध धर्म अनुसार विधिवत् पुजापाठ गरेका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष तामाङ वि वि लामा तामाङले वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुराको प्रमाणित विश्व जगतले नै गरिसकेको उल्लेख गर्दै अव त्यसपछाडि लाग्नुको कुनै औचित्य नहुने कुरा बताउदै अव विश्वको कुना कुनामा भगवान गौतम वुद्धका दिव्य उपदेशहरुलाई पुर्याउन हामी नेपालीहरु लागि पर्नुपर्ने आवश्यकता औल्याएका थिए । नेपाल सरकारले पनि वुद्धको दिव्य ज्ञानको प्रचार प्रसार गर्नुपर्ने बताउदै व्यवहारिक शिक्षामा वि फर वल होइन वि फर वुद्ध भन्ने सन्देश लागु गर्नु नै विश्व समुदायलाई भगवान वुद्धले दिएको योगदानको सम्मान हुने बताए ।
त्यस्तै अध्यक्ष तामाङले नेपालमा गएको विनाशकारी भुकम्पबारे चर्चा गर्ने क्रममा भावुक हुदै यस प्राकृतिक विपतवाट दिवंगत हुनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
त्यस्तै प्रमुख अतिथी तथा नेपाली राजदुतावास इजरायलका महिमहिम राजदुत प्रल्हाद कुमार प्रसाईले मन्तव्यको क्रममा विनासकारी भुकम्पवाट देशमा विद्यमान भयावह स्थितीको सामना गर्न सवैले पहल गर्नुपर्ने बताउदै २५५९औ वुद्ध जयन्ति तथा वृहत शोक सभा कार्य़क्रमको आयोजना गरी देशमा बगेको आशु पुछ्न लागि परेका इजरायवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै कार्यक्रममा भुकम्प पिडित सहयोग अभियान इजरायलका संयोजन सदस्य पुष्प श्रेष्ठले भुकम्प पिडित सहयोग संकलन अभियान इजरायलको शुरुवात र यसले संचालन गरेका गतिविधीहरु माथि प्रकाश पारेका थिए । देशमा गएको प्राकृतिक विपतीमा नागरिक उत्तरदायित्व पुरा गर्न कुनै पनि नेपालीहरु छुट्न नहुने बताउदै अभियान मार्फत भुकम्प पिडितहरुलाई सहयोग गर्न छुटेकाहरुलाई पनि यस अभियानमा हातेमालो गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्नेहरूमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सुन्दरसिह लामा तामाङ, नागरिक समाज इजरायलका अध्यक्ष नवराज खड्का, मुक्तक प्रतिष्ठान इजरायलकी अध्यक्ष सुचित्रा खनिया, नारीका लागि नारी परोपकारी अक्षयकोषकी शुभद्रा भण्डारी, शेर्पा संघ इजरायलका अध्यक्ष दावाछिरिङ शेर्पा र किराई राई यायोख्याका अध्यक्ष कुमार राई रहेका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई प्रवेशद्वारामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गराइएको थियो भने भुकम्प पिडितहरुलाई स्वमनले सहयोग गर्न चाहानेहरुले द्वारामै राखिएको चन्दा बाकसमा स्वच्छिक चन्दा दान गरेका थिए । त्यस्तै कार्यक्रमका दौरान इजरायलको रखोवोत क्षेत्रमा कार्यरत नेपालीहरुद्वारा स्थापना गरिएको सहकारीको सक्रियतामा सहकोरीबाट प्राप्त व्याज २१५५ र त्यहाँ रहेका नेपालीहरुसँग संकलन गरिएको २२३० शेकेलर ७७२ डलर गरी कुल ४३८५ शेकेले र ७७२ डलर अभियान्ताद्वय शान्ति चेम्जोङ, मिनु गुरुङ र पेमा याङ्जी शेर्पाले सोही कार्यक्रममै भुकम्प पिडित सहयोग संकलन अभियान इजरायलका संयोजन सदस्य नवराज खड्कालाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै नारीका लागि नारीकी सल्लाहकार तथा समाजसेवी इजरायली नागरिक मिमी साम्युलले नेपालमा भुकम्प पिडितहरूलाई सहयोग गर्ने उद्धेश्यले कपडा विक्रीको स्टल राखेकी थिइन् । उनले त्यसबाट हुने आम्दानी भुकम्प पिडित सहयोग संकलन अभियान इजरायललाई हस्तान्तरण गर्ने बताएकी छिन् । समाजसेवी साम्युलले भुकम्प पिडितहरुको लागि इजरायलवाट लत्ता कपडा, औषधी, पानी लगायतका अत्यावश्यक सामाग्रीहरु पनि पार्सल गरी नेपाली पठाएको बताइन् ।
त्यस्तै वुद्ध जयन्ति समारोहको मुल आयोजक नेपाल मगर समाज इजरायलले वुद्ध जयन्ति समारोह तथा वृहत शोकसभा कार्यक्रमका दौरान आयोजक, सहआयोजक तथा उपस्थितहरुबाट प्राप्त सहयोग र वुद्ध प्रतिमामा चढाइएको भेटी समेत गरी जम्मा हुन आएको कुल ८ हजार ५ सय ६४ शेकेल र ५५ डलरबाट सम्पूर्ण खर्च कटाई वचेको कुल २७१४ शेकेल र ५५ डलर भुकम्प पिडित सहयोग संकलन अभियान इजरायललाई सोही दिन नै हस्तान्तरण गरेको छ ।
नेपाल मगर समाजका धनु काउचा मगरले अत्यन्तै सौहार्दपूर्ण बातावरणमा संचालन गरेको २५५९औं वुद्द जयन्ति तथा वृहत शोकसभा कार्यक्रम नेपाल मगर समाज इजरायलको मूल आयोजना, नेपाल आदिवासी जनजाती महासँघ इजरायल, तमु समाज इजरायल, नेपाल तामाङ घेदुङ इजरायल, नेवा खल इजरायल, शेर्पा संघ इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, किरात राई यायोख्खा नेपाल इजरायलको आयोजना तथा एनआरएनए इजरायल, नेपाली नागरिक समाज इजरायल, सोसाईटी अफ हेल्पिङ हर्ट्स इजरायल, नेपाली नारी आवाज इजरायल, “नारीका लागि नारी” रु १ करोड १ परोपकारी अक्षयकोष, नेपाल मुक्तक प्रतिस्ठान इजरायल, नमस्ते नेपाली हातेमालो सामाजिक संस्था इजरायल, अन्तराष्ट्रिय साहित्य समाज इजरायल, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा, पर्बत सेवा समाज इजरायल, अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखा, हिन्दू जागरण नेपाल अभियान इजरायल, चितवन समाज इजरायल, न्युज डायरी डट कम, नबिन नेपाल डट कम र नबिन न्युज डट कम सहआयोजकको रूपमा रहेका थिए ।
मुल आयोजक मगर समाज इजरायल र आयोजक तथा सहआयोजकहरुको सक्रियतामा खिर, पुरी, तरकारी, सेलरोटी, फलफूल तथा जुस पानी सहित प्रसादीको व्यवस्था पनि गरिएको थियो ।
दिउसो २ बजेसम्म चलेको उक्त कार्यक्रमलाई समापन गर्दै नेपाल मगर समाज इजरायलका अद्यक्ष तथा कार्यक्रमका सभापति बसन्त रास्कोटी मगरले लामो समयदेखि नै इजरायलां रहेका संघ संस्थाहरुले आलोपालो गर्दै वुद्ध जयन्ति मनाउदै आइरहेकोमा आगामी बर्षहरुमा पनि एवमं रितले वुद्ध जयन्ति मनाउदै जान पाइयोस् भन्दै वुद्ध जयन्तिको समय भन्दा ढिलै भएपनि वुद्धलाई स्मरण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।