शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

Read Time:3 Minute, 10 Second

देब पचभैया

पाल्पा, असार ३ गते – जिल्ला शिक्षा कार्यालय पाल्पाको आयोजनामा जिल्लास्तरीय शैक्षिक सामग्री प्रदर्शनी सेन उच्च मा. वि. तानसेन स्रोत केन्द्रमा आज सम्पन्न भएको छ ।

यस अघि स्रोत केन्द्रस्तरमा भएका प्रदर्शनीमा उत्कृष्ट विद्यालयहरू सहभागी यो प्रदर्शनीको उद्घाटन गर्दै पाल्पाका जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले विद्यार्थीका सिर्जनात्मक प्रतिभाको प्रदर्शन, उनीहरूका सीपको प्रवद्र्धन र थप प्रोत्साहनका लागि शैक्षिक सामग्री प्रदर्शनीले सहयोग गर्ने बताए । उनले स्थानीय स्तरमा प्राप्त हुने कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएका शैक्षिक सामग्रीको प्रयोग गरी प्रभावकारी शिक्षण गर्नका लागि शिक्षकहरूसँग आग्रह गरे ।

पाल्पाका १८ मध्ये १३ स्रोत केन्द्रका २७ विद्यालयहरू सहभागी भएको यो प्रदर्शनीमा तानसेनको जनता उच्च माध्यमिक विद्यालय प्रथम, सहलकोटको पुरान्थर प्राथमिक विद्यालय दितीय, तानसेनको न्यू होराइजन उच्च माध्यमिक विद्यालय तृतीय र तानसेन कै पाल्पा आवासीय उच्च माध्यमिक विद्यालय सान्त्वना भएका छन् । जिल्ला शिक्षा कार्यालयका इञ्जिनियर रामस्वरूप चौधरी, शैक्षिक तालिम केन्द्र, पाल्पाका प्रशिक्षकहरू गोपाल प्रसाद वश्याल र नारायण प्रसाद पोखरेल रहेको मूल्यांकन समितिले सामग्रीका आकार प्रकार, निर्माण प्रकृया, शैक्षिक महत्व, स्थानीय सामग्रीहरूको प्रयोग, सजावट तथा प्रस्तुतिका आधारमा मूल्यांकन गरिएको थियो ।

प्रदर्शनीमा विभिन्न विद्यालयहरूले नेपाली, अंग्रेजी, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावरण सम्बन्धी विषयगत सामग्रीको प्रदर्शनी गरेका भएपनि विज्ञान र गणित विषयसँग सम्बन्धित सामग्रीहरू अत्यधिक थिए । जनता विदालयका अनिल आचार्यको वातावरण सफा गर्ने रोबोट, पाल्पा आवासियको नाच्ने रोबोट, न्यू होराइजनको हाइड्रोलिक एक्स्क्याभेटर, सत्यवती उच्च मा. वि. को हेलिकप्टर जस्ता सामग्री विशेष आकर्षणका थिए भने सहलकोटका पुरान्थर प्रा. वि. का स्थानीय उपयोगका सामग्रीहरू सबैका आकर्षण बनेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %