संगै मिलेर मारेको माछा बाड्ने क्रममा बिवाद हुदा हत्या

Read Time:2 Minute, 30 Second

देब पचभैया

पाल्पा, जेठ २-३ दिन सम्म काली नदीमा बसेर माछा मारी बाड्ने क्रममा बिबाद हुदा छेर्लुङ्ग पाल्पाका भिम बहादुर माझीको आफ्रनै साथीले हत्या गरेका छन् ।

हत्याको आरोमा स्थानिय पुरन माझी, खुम बहादुर राना र करण माझीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या पछि उनीहरुले शबलाई रानीघाट स्थित कालीनदीको किनारामा गाडेको भएपनि शब लाई राम्दीघाट निर  सडेको अवस्थामा प्रहरीले नौ दिन पछि मंगलबार बेलुकी फेला पारेको थियो । माछामारेर बाड्ने क्रममा बिबाद हुदा भिम बहादुरलाई पुरन माझीले हत्या गरेको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुमन तिमिल्सिनाले जानकारी दिए ।

पुरनले भिम बहादुरलाई लाठी र ढुंगाले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्याको मुख्य अभियुक्त पुरन भएपनि अरु दुई जना मतियार बनेको र घटनालाई लुकाउन खोजेको आरोपमा उनीहरुलाई पनि कारबाही गर्ने प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

पुरनले भिमबहादुरको हत्या गरेपछि अरुलाई घटनाको बारेमा जानकारी दिए आफुहरुलाई पनि मार्ने धम्की दिएपछि अरुलाई नभनेको खुमबहादुर र करण माझीले बताएका छन् ।

उनीहरुले गाउमा पुगेर भिम बहादुरलाई नदीले बगाएको बताएका थिए ।

नदीले बगाएको भनेपछि गाउलेहरुले झण्डै एक हप्ता नदी किनारमा भिमबहादुरको शब खोजेका थिए । तर मृतकको शब नभेटिएपछि भिमबहादुरका आमाले प्रहरीमा छोराको खोजबिन गर्न निबेदन दिएपछि प्रहरी अनुसन्धानमा भिमबहादुरको हत्याको पुष्टी भएको प्रहरीले बताएको छ ।

मंगलबार बेलुकी भेटिएको शबलाई पोष्टमार्टम पछि बुधबार बिहान प्रहरीले शबलाई आफन्तको जिम्मा लगाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %