सन्तोष भए फिटनेशमा विश्व विजेता

Read Time:1 Minute, 44 Second

दिल प्रशाद थापा मगर

  नेपाली छोरो रुपन्देही बुटवल सालझण्डी निवासी हाल अष्ट्रेलिया सिड्नी बस्ने सन्तोष कुमार श्रेष्ठले जुन १३ २०१५ दुबईमा भएको इन्टरनेशनल नेचुरल बडी विल्डीङ्ग प्रतियोगिता आइयनविए, पिएनविए को विश्व विजेता भएका छन ।

उनलाई विश्व जगतले हर्कुलस अफ हिमालयन भन्ने उपनाले चिन्दछन ।

नेपालको इतिहासमा अन्तराष्ट्रिय स्तरमा विश्व च्याम्पियन बनेका उनी पहिलो व्यक्ती हुन । सो प्रतियोगितामा उनले एकै चोटि पाँच मेडल जितेका छन । पहिलो मा पिएनविए फिटनेस मोडलमा विश्व च्याम्पियन , दोस्रो आइएनविए ओभरअल फिटनेश मोडलमा विश्वच्याम्पियन, ओपन हाइट डिभिजनमा फिटनेश मा विश्व च्याम्पियन जस्ता उपाधि जितेका छन ।

उनले विश्व भरि छनौट परेका २० जना प्रतिशप्रघीलाई पछि पार्दै विश्व विजेत बनेका छन । उनी विजेता बने पछि आफ्नो खुसीको क्षणमा  अन्तराष्ट्रिय समाचार एजेन्सी अनुसान उनले आफ्नो सपना साकार भएको बताउदै अष्ट्रेलिया नेपाल को गौरव बढाउन सकेकोमा आफुले  गर्व महशुस गरेका छन ।

उनले नेपालमा गएको भुकम्प पिडितको सहयोगको निम्ती अष्ट्रेलियामा राहत संकलन गरि योगदान दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %