लोक दोहोरी गीतले नै मलाई चिनायो – मुना थापा मगर

Read Time:5 Minute, 42 Second

गोर्खा जिल्लाको मनकामना जन्मिएकी मुना थापा मगर लोक दोहोरी क्षेत्रको प्रयायवाची नाम हो । २०६० सालमा ”केबलकारमा गेट” बोलको गीतवाट सांगेतिक यात्रा थालेकी मगरले अहिलेसम्म २००० हजारको हाराहारी गीतमा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन । ”चिसो चिसो हावा सरर”, ”तिते करेली” जस्ता लगायतका दर्जनौ गीतहरु पस्कि सकेकी मगर अहिले देश, विदेशमा कन्सर्टमा ब्यस्त हुने गायिका मध्येकी एक हुन् । अहिलेसम्म हंगकंग, युके, बेल्जियम, पोर्तुगत, दुबई, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, कतार, अष्ट्रेलिया, जापान लगायत देशहरुमा पुगेर आफ्नो सुरिलो भाका मगरले पस्कि सकेकी छिन । पछिल्लो समयमा लोक दोहोरी क्षेत्रको अवस्था कस्तो छ र लोक दोहोरी गीतको नाममा छाडा गीतहरु बजारमा आएको गुनासो सुनिने गरेको छ । यसैको सेरोफेरोमा रहेर कोरियाबाट निश्चल काउचाले मगरसंग गरेको कुराकानीः

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

गत बैशाख १२ मा प्रलयकारी भुकम्प गयो । त्यसपछि पिडितहरुसँग दुःख साट्न गाऊगाऊ पुगे र अझै पनि अस्थाई बासस्थानको लागि जुट्दैछु साथै आफ्नो ज़िन्दगी पनि गुजारा गर्नुपर्यो त्यसको लागि गीत गाउने र रेकर्डिङमा पनि समय दिने गरेकी छु । अचेल यिनै काममा ब्यस्त छु ।

अहिले नेपाली संगीतको अवस्था कस्तो छ ?

नेपाली संगीत बजार समग्रमा अहिले राम्रै छ । भुकम्प पछि अलि सुस्ताए पनि अहिले दिन प्रतिदिन सुध्रिदै गईरहेको छ ।

अचेल ठेट लोक भाका सुन्न पाइदैन भन्ने सुनिन्छ नी ?

सुन्नै पाईदैन भन्ने त होईन समय अनुसार दर्शक तथा स्रोताको माग अनुसार अलिकति प्रस्तुती र मौलिकतामा फरक त पक्कै आएको छ ।

गाउनुको अलावा के गर्नु हुन्छ ?

गीत रेकर्डिङमा र स्टेज कार्यक्रमहरुमै सम्पुर्ण समय दिनु पर्ने भएकोले गाउने अलवा अरु खासै केही काममा समय दिन भ्याएकी छैन ।

गायनमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भो ?

लोकगीतको उर्भरभूमी गण्डकी अञ्चलमा जन्मिएकी मान्छे म सानै देखि लोकगीत प्रति रुचि थियो । सानै देखि लोकगीत सुन्ने र गुनगुनाउने मान्छे म अग्रज कलाकारहरुले गीत गाएको देख्दा त्यस्तै कलाकार बन्ने सोच आउथ्यो । आमा, बाबा लगायत घर परिवार र गाउकै गायक भेनाले पनि धेरै सपोर्ट गर्नु भयो । अहिले म सबै सामु मुना थापा मगर बनेर चिनिन सफल छु ।

पछिल्लो समय लोक दोहोरीको नाममा छाडा गीत बढ़ी आए भने आरोप पनि लाग्ने गरेको छ नी ?

एक दुई गीत त्यस्तो पनि आएको मैले पनि महसुस गरेकी छु । यसमा सबै कलाकार र सर्जकको मात्र दोष छैन । अहिले बजारमा त्यस्तै गीतलाई बढि प्राथमिकता दिईन्छ । मेरै कुरा गरौ मैले स्टेजमा चिसो चिसो हावा सरर गाउदा निदाउनु हुने दर्शकहरु त्यस्तो खालको गीत गाउदा उफ्रेर स्टेज नै भाच्छन । अब त्यस्तो गीतलाई छाडा भन्ने कि दर्शकको माग ?

अब त घरजम गर्ने बेला भएन र ?

बेला त भयो तर घरजमको कुरा आफ्नो हातमा हुन्न जस्तो लाग्यो । त्यसैले यसको लागि लगननै कुर्नु पर्ला जस्तो छ ।

संगीतमा लागेर के पाउनु भो ?

संगीतमा लागेर नै लोक गायिका मुना थापा मगर भनेर सम्पुर्ण लोक दोहोरी प्रेमी नेपालीहरु सामु चिनिन पाएकी छु । यो भन्दा ठुलो खुशीको कुरा अरु के हुन् सक्छर ।

पछिल्लो समयमा लोक दोहोरीको अवस्था सन्तोषजनक छैन भनिन्छ नी ?

समग्रमा भन्नु पर्दा लोकदोहोरीको अवस्था सन्तोषजनक नैं छ । पछिल्लो समयमा एल्वम बिक्रीमा कमि आएको चाहि पक्कै हो ।

गायनमा आउन चाहने नयाँ पिढीलाइ के भन्नु हुन्छ ?

नयाँ पिढीलाई सकेसम्म गीत, संगीत सम्बन्धी बुझेर र सिकेर आउन आग्रह गर्दछु ताकि पछि यसै क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न सकियोस ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

मेरो स्वरलाई मन पराई मलाई यति धेरै माया गर्नु हुने हजुरहरु सम्पुर्ण दर्शक तथा स्रोताहरु प्रति सदा आभारी रहने छु । साथै धेरै धेरै धन्यबाद दिन पनि चाहन्छु । आगामी दिनहरुमा पनि मेरो सृजना र म प्रति यस्तै मायाको अपेक्षा गर्दछु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %