पाल्पामा ३ घर जल्दा ४ लाख बढीको क्षति

Read Time:1 Minute, 21 Second

देब पचभैया

पाल्पा, जेठ ३१ – बिधुत सर्ट भई आईतबार पाल्पामा ३ घर जलेर नष्ट भएका छन् । बराङ्गदी १ – फालहाले गाउका ३ घर जल्दा ४ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिधुत सर्टभई स्थानिय कलम थामीको घरबाट शुरु भएको आगोले छिमेकी दिपिका लामीछाने र रेनुका गैरेको घर पनि जलेको छ  । स्थानिय दयाराज न्यौपानेका अनुसार बिहान सवा ११ बजे लागेको आगोलाई दुई घण्टा पछि मात्रै स्थानियले नियन्त्रणमा लिएका थिए । आगोलागी बाट घरका सम्पुर्ण सामान जलेपछि कमल थामीको परिवार बिस्थापित भएका छन् । थामीको श्रीमती र दुई छोरा छोरी रहेका छन् ।

कमल र रेनुकाको घर खरले छाएको थियो भने दिपिकाको घर फुसको थियो । दिपिका र रेनुकाको  परिवार पाल्पा बाहिर बस्ने भएकाले उनीहरुको भन्दा कमल थामीको घरमा धेरै क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %