सहीद स्‍मृति प्रतिस्ठानको शिलन्यास ।

Read Time:2 Minute, 2 Second

गोविन्द घर्ती , देवद जेठ ३० ।

देवदह सहीद स्मृति प्रतिष्ठानको भवन एक कार्यक्रमका वीच शिलान्यस गरिएको छ ।

रुपन्दहीको देवदह–८, शितलनगरमा निर्माण हुन गईरहेको उक्त भवनको सभासद सोनिया यादवले शिलान्यस गरेकी थिईन । सो अवसरमा बोल्दै सभासद यादवले राज्यले सहीदहरुको सम्मान गर्नु पर्ने र सहीद परिवारलाई उचित सहयोग गर्नु पर्नेमा जोड दीईन । सभासद यादवले सहीद स्मृति भवन निर्माणको लागि आफुले सक्दो सहयोग गर्ने बताईन । प्रतिष्ठानका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, पव्लिक क्याम्पसका केन्द्रीय उपाध्यक्ष दुर्गादत्त आर्चाय, दलित मोर्चाका केन्द्रीय सदस्य गंगाराम विक, बुद्धिजीवि संगठनका दुर्गाप्रसाद पौडेल, मेघराज ढकाल, वालकुमार श्रेष्ठ, शिव पाठक, सन्तकुमार यादव लगायतले आ–आफना भनाई राखेका थिए ।

उक्त भवन निर्माणको लागि शान्ति मन्त्रालयबाट २ लाख ९० हजार, देवदह नगरपालिकाबाट एक लाख प्राप्त भएको कृष्ण ढकालले बताए । निर्माण गर्न गईरहेको भवनको यस बर्ष जगको काम सम्पन्न गरिने र अर्को बर्ष विभिन्न संघ संस्थाबाट सहयोग लिई भवनको निर्माण कार्य सम्पन्न गरिने जनाएको छ । शौरव चापागाईको स्वागत र कृष्ण ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %