गोविन्द घर्ती
देवदह जेठ ३० । नेकपा एमालेको अग्रसरतामा प्रमुख चार दल वीच १६ बुदे सहमति भएको नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन । नेपालको हरेक आन्दोलनमा नेकपा एमाले अग्रपंतीमा रहेको नेता नेपालले दावी थियो । नेता नेपालले चार राजनैतिक दल वीच १६ बुदे सहमति भएकोले असार भित्र संविधान जारी हुने पक्का भएको बताए ।
नेकपा एमाले क्षेत्र नं १ रुपन्देहीले धकधईमा आयोजना गरेको कार्यकर्ता घेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताएको हो । नेता नेपालले स्थानीय निकायको निर्वाचन विना देशको विकास हुन नसक्ने हुदा स्थानीय निर्वाचन गराउनु पर्नेमा जोड दिए। नेकपा एमाले क्षेत्र नं १ रुपन्देहीका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु पौडेल, लुम्विनी ईन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य लिला गिरी, एकराज विक, पार्टीका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ, जिल्ला सचिव तुल्सी चौधरी, क्षेत्रीय ईन्चार्ज धुव्र खरेल, सहईन्चार्ज शैलेन्द्र उपाध्याय, ताहिर अहिल, झिल्लुप्रसाद न्यौपाने, सरोज पाण्डे, मनोज यादव, गुमान सिं कुवर, दिनामणि पाण्डे, कृष्ण सुवेदी लगायतले आ–आफना भनाई राखेका थिए ।
क्षेत्रीय उपाध्यक्ष लक्ष्मी पंगेनीको स्वागत र सचिव बोधराज गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जेठ ३० । सामुदायिक वन वन ऐन र नियमावली अनुसार संचालन हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सामुदायिक वनबाट गरिवी निवारण गर्नुको साथै चौतर्फी विकास तर्फ अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । स्मृति सामुदायिक वन उपभोक्ता समुह देवदहको विशेष भेला तथा कार्ययोजना अनुमोदन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले वन ऐन र नियमावली स्पष्ट नहुदा आम उपभोक्ताहरु अन्यौलमा परेको बताएका थिए । स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालयका सहायक वन अधिकृत सतेन्द्र नारायण सिंह, गाउ वन सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, सल्लाहकार डिल्लीराज मरासिनी, वासुदेव रिमाल, खैराज शर्मा, डम्वरबहादुर थापा, रामप्रसाद देवकोटा, भिमगुरुङ्ग, पदम थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । उपाध्यक्ष अर्जुन ढकालको स्वागत र सचिव शुशिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
