रूद्र श्रीसमगर
पोखरा, २८ जेठ-बागलुङ–पोखरा मगर समाजले भूकम्पको केन्द्रविन्दु गोरखाको गुम्दा गाविसका भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । समाजका सल्लाहकार नर बहादुर पुनमगरको नेतृत्वमा गएको सचिव गजेन्द्र थापामगर र भिडियोग्राफर श्री छन्त्यालमगर सहितको राहत वितरण टोलीले त्रिपाल, चामल, तेल, नुन, चिनी, भाँडाकुँडा, म्याट्रेसलगायतका राहत सामग्री वितरण गरेको हो ।
गुम्दा गाविसका वडा नं. ४, ५, ६, ७, ८ र ९ का भूकम्प पीडितहरूलाई समाज र विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूसँगको सहकार्यमा पोखरामा संकलित राहत सामग्री वितरण गरिएको हो । राहत समिति गुम्दाका अध्यक्ष कर्ण बहादुर गुरुङ, समाजसेवी फूलमाया गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।
राहत वितरणका लागि गुम्दा गाविसका सचिव हरि बहादुर भुजेल, सह–सचिव धन प्रसाद गुरुङ, सगरमाथा टोल विकास संस्था पोखरा–१६, लामाचौरबाट २५ हजार रुपैयाँ, हेब्रोन चर्च मण्डली पोखरा–१६, लामाचौरुबाट २३ हजार रुपैयाँ, विक्रम गुरुङ, सार्दीखोला–१, भुर्जुङखोलाबाट १५ हजार रुपैयाँ, सर्वजित गुरुङ सार्दीखोला–१ बाट ५५ हजार रुपैयाँ, कमल गुरुङ लगायतबाट ८५ हजार रुपैयाँ बराबरको जिन्सी राहतस्वरुप सहयोग प्राप्त भएको समाजका सचिव गजेन्द्र थापामगरले जानकारी दिए ।
