कृष्ण सारू मगर
पाल्पा- २८ – नेपाल मगर संघले पश्चिमाञ्चल क्षेत्रिय संगठन लुम्बिनी, गण्डकी र धौलागिरी सहित तीन अञ्चल अन्तर्गत पर्ने १६वटा जिल्ला समितिको मगरात भुमि पाल्पा तानसेन नगर पालिका भवनको सभाहलमा ने.म.संघ उपाध्यक्ष तथा पश्चिमाञ्चल संयोजक केन्द्रिय सदस्य बालसिँ काउचा मगरको अध्यक्षतामा संसद द्वारा पारित १६ बुँदे अवधारणा प्रति विरोध जनाउँदै संगठन सुदृढीकरण तथा सचेतना कार्यक्रम केन्द्रिय समितिको भेलाले कार्यक्रम पाल्पाको तानसेनमा संपन्न गरेको छ ।
कार्यक्रम बालसिँ काउचा मगरको अध्यक्षतामा मिना थापा मगरले संचालन गरेकी थिईन भने पाल्पा जिल्लाका अध्यक्ष बल ब.गाहा मगरलेस्वागत मन्तब्य दिएका थिए ।
सो,कार्यक्रममा नेपाल प्रवाशी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति महासंघ बहराईनका कृष्ण सारू मगर तथा १६वटा जिल्ला समितिका पदाधिकारीहरू लगायत अन्य मगरहरूको बाक्लो उपस्थिति रहेको थियो ।
पाल्पाको तानसेनमा ने.म.संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रम संबोधन गर्दै अगाडि बढेको थियो । केन्द्रिय महासचिव नबिन रोका मगरले कम्यूनिष्टहरूले व्याख्या गरेको आत्मा निर्णयकोअधिकार बारे जातिय पहिचानका पक्षधरहरूले गरेको अवधारणा फरक रहेको प्रस्टाउँदै पाँच आधारहरू पेस गरेका थिए ।
जस्तै:
१) जातीय/समुदायगत
२) भाषिक
३) संस्कृतिक
४) भौगोलिक र
५) ऐतिहासिक सामर्थ्यका चार आधारहरू:
१) आर्थिक अन्तर संबन्ध र सामर्थ्य
२) पूर्वाधार विकासको अवस्था र सम्भावना
३) प्राकृतिक साधन र स्रोतको उपलब्धता र
४) प्रशासनिक सुगमता वारेमा बोलेको थियो ।
संगठन विभाग संयोजक तथा केन्द्रिय सचिव ज्ञानेन्द्र पुन मगरले संगठनको बारेमा पद्धति नेतृत्व विकाशको प्रशिक्षण गराएका थए ।
अधिवक्ता तेजेन्द्र थापा मगरले संघियता, पहिचान जस्ता महत्वपुर्ण विषयका जनसचेतनात्मक र नेपालमा भएका विभेद वारेमा विभिन्न जातिय संगठनका अगुवा लगायत बुद्धिजिविहरूको कृतिहरू सिँह दरवार केन्द्रिकृत र विकट जिल्लाहरूका उपेक्षित समुदायहरू लाई हेर्ने दृश्टिकोण र प्रतक्ष लाभान्वित लिन सकिने वारेमा बोलेका थिए ।
केन्द्रिय समितिको दस्तवेजमा व्यापक छलफल र अन्तरकृया पश्चात मध्यान्तरमा प्रत्येक जिल्लाका पदाधिकारीहरूले विभिन्न बुँदागत अवधारणा प्रस्तुत गरेका थिए ।
सोही समयमा रूपन्देहीका जिल्ला उपाअध्यक्ष गिता सारू मगरले आफ्नो जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रीय समितिको मुल नारामा उल्लेखित रहेको धर्म भन्ने शब्द किन र के कति कारण हटाईयो भन्ने वारेमा प्रश्न गरेकी थिईन ।
