केही बर्ष भित्र देशलाई लोडसेडिङ् मुक्तः मन्त्री ज्ञवाली

Read Time:3 Minute, 9 Second

गोविन्द घर्ती

देवदह जेठ २७ । स्थानिय निकायको निर्वाचन नहुदा सम्म विकास निर्माणका कामहरु हुन नसक्ने उर्जा मन्त्री राधा ज्ञवालीले बताएका छन । मन्त्री ज्ञवालीले नागरिकको काम छिटो छरितो गर्नको लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुदा विनासकारी भूकम्पमा प्रभावितहरुलाई राहत पु¥याउन समेत कठिनाई भएको बताए । खुल्ला दिशामुक्त देवदह नगरपालिका घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरे मात्र हुदैन त्यसलाई कार्यान्वयन गर्न आमनागरिक लाग्नु पर्नेमा जोड दिए । केही बर्ष भित्र देशलाई लोडसेडिङ्ग मुक्त गर्न सरकार लागि परेको मन्त्री ज्ञवालीले बताए ।
रुपन्देहीको देवदह नगर क्षेत्रमा ७२ प्रतिशत अव्यवस्थित बसोवास भएकोले बसोवासलाई व्यवस्थित गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री ज्ञवालीले महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारमा अगाडी बढाउनु पर्नेमा जोड दिए । देवदह क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले आफुले सदैव सहयोग गर्ने बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका निमित्त स्थानिय विकास अधिकारी पुष्कर पोख्रेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकर मणी ज्ञवाली, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लि राज मरासिनी, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, एमवास सिसीका सह–संयोजक प्रजापति सापकोटा लगायतले बोल्दै आनीवानी परिवर्तन नगर्दा सम्म वातावरण सफा हुन नसक्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला खानेपानी रुपन्देहीका इञ्जिनियर धु्र्व धितालले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको प्रमाणपत्र नगरपालिकालाई प्रदान गरेका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत गंगा प्रसाद पन्थीको स्वागत र जयकिशन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %