मिलन फाउण्डेशन नेपालद्वारा पर्वतको बाजुङमा राहत वितरण

Read Time:1 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, २५ जेठ
मिलन फाउण्डेशन नेपाल, एकीकृत नेकपा (माओवादी) हङकङ शाखा जिल्ला कमिटी र एचके हेयर सैलुन जोर्डन, हङकङले संयुक्त रूपमा पर्वतको बाजुङ–२, बाउसेका भूकम्प पीडितलाई राहत वितरण गरेका छन् ।
बाउसेका भूकम्प पीडित ८ घरपरिवारलाई जस्तापाता र चामल वितरण गरिएको हो भने भूकम्प पीडित १० घर परिवारलाई ९/९ हजार रुपैयाँ राहतस्वरुप वितरण गरिएको थियो । त्यसैगरी, भूकम्पपीडित १९ जनालाई लत्ताकपडा समेत वितरण गरिएको थियो । राहतस्वरुप चामल पाएका ८ घरपरिवारले आफूभन्दा पनि विपन्न परिवारलाई चामल वितरण गरेका थिए ।
मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष क्या.हितकाजी गुरुङको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको सञ्चालन सह–सचिव कमल थापाले गरेका थिए भने सदस्य कृष्णकला केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
राहत वितरण टोलीमा मिलन फाउण्डेशन नेपालका बोर्ड सदस्य गौरी गुरुङ, कोषाध्यक्ष दिपिका मिलन, सीबी कुँवर, भूपेन्द्र कुँवर, पद्मा गुरुङ, जापानी नागरिक मेगुमी सेगिने (प्रतिष्ठा)लगायतको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %