रूद्र श्रीसमगर
पोखरा, २४ जेठ
विश्व वातावरण दिवसको सन्दर्भ पारेर हिमालयन स्कुलमा वक्तृत्वकला प्रतियोगिता तथा वातावरणीय सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य टेक नारायण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख निर्मल श्रेष्ठ र विद्यार्थीहरू एलिना जिसी, सुरक्षा रिजालले सञ्चालन गरेका थिए ।
स्वच्छ वातावरण, स्वस्थ शरीर भन्ने विषयमा माध्यमिक तह र निम्न माध्यमिक तह गरी दुई समूहका २०/२० जना विद्यार्थीहरू सहभागी रहेका थिए । उक्त समूहमा माध्यमिक विद्यालय तर्फ सागर भुजेल प्रथम स्थान, द्धितीय स्थान एलिस रानाभाट, तृतीय स्थान आरती क्षेत्री र सान्त्वना राजन ढकालले प्राप्त गरे भने निम्न माध्यमिक विद्यालयतर्फ अनिता पौडेल प्रथम, शशी भुजेल द्धितीय, आकृति क्षेत्री तृतीय स्थान प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरू शारीरिक र मानसिक सँगसँगै आफ्नो वरपरको वातावरण, समाज र घरपरिवारहरूलाई पनि स्वस्थ राख्न सकियो भने दीर्घकालीन रूपमा शैक्षिक उन्नति हासिल गर्न सकिने कुरा विद्यालयका प्राचार्यले बताए । विद्यालयमा नियमित रूपमा हुने अतिरिक्त क्रियाकलाप मध्ये शुक्रबार सम्पन्न वक्तृत्वकला प्रतियोगिता पनि एउटा नियमित कार्यक्रम अन्तर्गत राखिएको थियो । उक्त कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरू सामूहिक रूपमा मिली विद्यालयका वरपरका वातावरण सरसफाइमा लागिपरेका थिए ।
