क्षतिको बिवरण प्राप्त नहुदा असारमा गर्ने अन्र्तराष्ट्रिय सम्मेलन गर्न सरकारलाई आपत
देब पचभैया
पाल्पा, जेठ २४
भुमि सुधार एबं ब्यवस्थामन्त्री दल बहादुर रानाले बिपद ब्यवस्थापनको लागी सरकार संग आधुनिक प्रबिधि नभएकाले भुकम्पका घाईतेहरुको उद्धार र राहातमा समस्या भएको बताएका छन ।
भुकम्पको असर र राहतको ब्यवस्थापनको बारेमा जानकारी लिन गृह जिल्ला पाल्पा आएका मन्त्री रानाले आईतबार तानसेनमा आयोजित एक कार्यक्रममा प्रबिधिको कमीकै कारण अधिकांश स्थानमा ठुला भवनले च्यापिएका लासहरु निकाल्न नसकिएको बताए ।
काठमाण्डौमा होटल गरी बस्ने पाल्पा हेक्लाङ्ककै ३ जनाको शब अहिले पनि नौ तले घरले च्यापिएको अवस्थामा रहेको भन्दै आफुलाई तारन्तार आफन्तले फोन गरेर लास निकाल्न आग्रह गरेपनि त्यो निकाल्न संभब नभएको मन्त्री रानाको भनाई छ । अहिले सम्म पनि भुकम्पको क्षतिको बिवरण आईरहेकाले असारमा गर्ने भनिएको अन्र्तराष्ट्रिय सम्मेलन गर्न सरकारलाई आपत परेको मन्त्री रानाले बताए । पुर्ण आशिक क्षति थपिएको थपिकै छ, मन्त्री रानाले भने “८ लाख हो कि १० लाख, १२ लाख हो कि कति हो ? त्यसको क्षति कसरी निकाल्ने, बिदेशीलाई अनुमानको भरमा यति जति सहयोग चाहिएला भन्न मिल्दैन, त्यसले राहात जुटाउन अप्ठ्यारो पर्छ । बिदेशीले झन उल्टो बुझ्छन्“ ।
पहिले एउटै घरमा मिलेर बसेका चार पाच भाई पनि भुकम्पले घर भड्किएपछि राहातको आसामा छुट्टिएकाले सरकारलाई थप चुनौती थपिएको मन्त्री रानाको भनाई छ । राहतलाई ब्यवस्थित बनाउन सरकारले भुकम्प पिडितलाई परिचय पत्र बाड्न शुरु गरेको भन्दै बास्तबिक पिडित खुट्याउनको लागी जिल्लामा रहेका राजनैतिक दल र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा मन्त्री रानाको जोड थियो । यसै बिच पाल्पाका भुकम्प प्रभाबितको लागी मन्त्री रानाले दुई लाख नगद सहयोग गरेका छन । आफ्नो ३ महिनाको तलब बाट एक लाख ५० हजार र निजि सचिबालय बाट ५० हजार गरी दुई लाख नगद मन्त्री रानाले पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई प्रदान गरेको हो ।
