नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई कार्यक्रम

Read Time:2 Minute, 29 Second

रूद्र श्रीसमगर

पोखरा, २३ जेठ

नेपाल मगर सङ्घ कास्कीको सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई नयाँबजार एकाइ समितिले बधाई ज्ञापन गरेको छ ।

शनिबार आयोजित सम्मान तथा बधाई कार्यक्रमका अवसरमा नवनिर्वाचित जिल्ला अध्यक्ष पूर्ण बहादुर राना, उपाध्यक्ष मे. प्रेम बहादुर थापा, सचिव याम बहादुर थापा, सह–सचिव संगीता पुन, कोषाध्यक्ष कुमार थापा, संगठन विभाग प्रमुख कर्ण बहादुर थापा, प्रचार प्रसार तथा जनसम्पर्क विभाग प्रमुख डिल बहादुर श्रीस लगायत अन्य जिल्ला सदस्यहरूलाई पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाले सम्मान तथा बधाई ज्ञापन गरका छन ।

सोहि अवसरमा बोल्दै कार्यकारी अधिकृत रानाले मगर जातिले आफ्नो पहिचान मात्रै नभएर राज्यका हरेक निकायमा आफ्नो पहुँच स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । पहिचानका कुराले मात्र नपुग्ने भन्दै रानाले पहुँच र प्रतिनिधित्व हुन सके मात्र वास्तविक मुक्ति हुने बताए ।

कार्यक्रममा नेपाल मगर सङ्घ कास्कीका संस्थापक अध्यक्ष क्या.कृष्ण बहादुर थापा, नेपाल मगर सङ्घका पूर्व केन्द्रीय महासचिव अधिवक्ता सुरेन्द्र थापा, नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना, जिल्ला सदस्य बुद्धि माया थापालगायतले बोलेका थिए ।

एकाइ अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल बहादुर थापाले गरेका थिए भने नेपाल मगर महिला सङ्घ नयाँबजार एकाइ समितिका उपाध्यक्ष जुना कुमारी पुनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %