गल्याङ्मा एक हप्ते उद्धघोषणकला तालिम सम्पन्न

Read Time:2 Minute, 49 Second

विनोद रखाली मगर

गल्याङ् , जेठ २४, -नेपाल मगर विद्यार्थी संघ गल्याङ् वहुमुखि क्याम्पसको आयोजनामा मगर विद्यार्थीहरुमा वोल्ने कलाको विकाश गर्ने उद्धेश्यका साथ आयोजित एक हप्ते उद्धघोषणकला तथा नेतृत्व विकाश तालिम सम्पन्न भएको छ ।

 

तालिमको समापन गर्दै नेपाल मगर संघका स्याङ्जाका पूर्व जिल्ला सचिव तिर्थ कुमार थापा मगरले वोल्ने कला सैद्धान्तिक ज्ञानले मात्र प्राप्त नहुने भन्दै प्रशिक्षार्थीलाई व्यवहारिक रुपमा अभ्यास गर्न जोड दिए । थापाले मगर समुदायका युवा पुस्तामा उद्धघोषणकला तथा नेतृत्व शैलीमा रुचि नवढ्नुमा संस्कार तथा वातावरणले प्रभाव पारेको वताउदै सभ्य समाज निमार्णमा युवा विद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुने जनाए ।

कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका पूर्व जिल्ला कोषाध्यक्ष विनोद राना मगर , क्याम्पस प्रमुख वालकृष्ण चाँपागाई, मगर संघ स्याङ्जाका सदस्य कुमार राना मगर , तरुण दल स्याङ्जाका सचिव चन्द्र राना मगर , मगर संघ गल्याङ्का अध्यक्ष जैसिंह  राना मगर , स्वतन्त्र विद्यार्थी युनियन गल्याङ् वहुमुखि क्याम्पसका सभापति खुम वराल मगर , पूर्व जिल्ला सह सचिव ललित थापा मगर , मगर विद्यार्थी संघ स्याङ्जाका सचिव सचिना थापा मगर लगाएतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

जेठ १५ देखि सुरु भएको उद्धघोषणकला तालिममा लक्ष्मी टेलिभिजनका समचार प्रमुख विनोद रखाली मगर , युवा सन्चारकर्मी गुप्त राना मगर लगाएतले प्रशिक्षण प्रदान गरेका थिए । झण्डै २० जनाको सहभागिता रहेको तालिम गल्याङ् वहुमुखि क्याम्पसको सभाहलमा सन्चालन भएको थियो । समापन कार्यक्रम सनम राना मगरको स्वागत सङगै सुरु भै समितिका सचिव गुनु राना मगरको सन्चालन र क्याम्पस समितिका अध्यक्ष मुकेश गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %