बिपतको सामना गर्न सबै नेपाली एक हुनुपर्छः मन्त्री राना

Read Time:2 Minute, 25 Second

देब पचभैया

पाल्पा, जेठ २३
भुमि सुधार तथा ब्यवस्थामन्त्री दल बहादुर रानाले अहिलेको भुकम्पिय बिपत्तीको सामना गर्न सबै नेपाली एक ठाउमा उभिएर अघि बढ्ने बेला आएको बताएका छन । सरकार र दलबिशेषले मात्रै नभई आम नागरिक समेत एक ठाउमा उभिएर अघि बढे बिपद ब्यवस्थापनको लागी बिदेशी सहयोगको आसा गर्नु नपर्ने मन्त्री रानाको भनाई छ ।

शनिबार पाल्पाको देउराली स्वास्थ्य चौकीको सिलन्यास एबं सरोज नेपाल द्धारा लिखित मनका तरङ्गहरु नामक कबिता संग्रहको बिमोचन गर्दै मन्त्री रानाले छिमेकीको पिडा समाधान गर्न छिमेकीकै सहयोग बढी फलदायी हुने बताए । देशैभरी भुकम्पको असर परेकाले सरकारको सहयोग नदेखिएको भन्दै मन्त्री रानाले बर्षा अघि नै भुकम्प प्रभाबितको ब्यवस्थापन गर्न बर्तमान सरकार सक्रिय भएर लागेको दाबी गरे ।

कम्युनिष्ट आन्दोलनको बेला ३५ बर्ष अघि देउराली गाबिसको गाउ गाउमा सेल्टर लिएको संम्झिदै रानाले समयको परिबर्तन संगै देउराली गाउको बिकास पनि आसातित रुपमा अगाडि बढेकोमा खुशि ब्यक्त गरे । बिकासमा राजनिति हुन नहुनेमा जोड दिदै भुकम्प प्रभाबितको राहात र उद्धारमा पनि राजनिति नगर्न गाउका नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पुर्ब सांसद यादब बहादुर रायमाझी, पुर्ब सभासद कुल प्रसाद नेपाल, नारायणी शर्मा, पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्की, मालपोत अधिकृत नवराज बराल लगाएको सहभागिता रहेको थियो । देउराली बिकास केन्द्रको सभाहलमा भएको कार्यक्रम कबिराज अधिकारीको अध्यक्षता र मोतिराज अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %