एक हप्ते मगर कर्मकाण्ड तालिम स्याङ्जामा सुरु

Read Time:2 Minute, 9 Second

विनोद रखाली मगर
स्याङ्जा , जेठ २३,
मगर जातिको जन्म , मृत्यु, विवाह, लगायत सन्स्कार सस्ंकृतीमा गरिने मौलिक परम्परालाई जगेर्ना गर्ने उद्धेश्यका साथ स्याङ्जाको पुतलिवजार नगरपालिकामा ७दिने मगर भुषाल कर्मकाण्ड तालिम सुरु भएको छ ।
मगर भाषा, सस्ंकृती सरंक्षण प्रतिष्ठान स्याङ्जाको आयोजनामा सन्चालित तालिमको उद्धघाटन गर्दै ८८ वर्षिय वयोवृद्ध, पूर्व प्रहरी सहायक निरिक्षक रण वहादुर आले मगरले परम्परागत सस्ंकारहरु जगेर्ना गर्न अहिलेका पुस्ताहरु अग्रसर भएकोमा खुसि व्यक्त गरे ।आलेले आफ्ना समुदायको सस्ंकार संस्कृती जगेर्ना गर्न आफैं अगाडि सर्नुपर्ने वताए । कार्यक्रममा आदिवासी जनजाति महासंघ स्याङ्जाका अध्यक्ष तेज वहादुर आले मगर , वालचन थापा मगर , दिपेन्द्र थापा मगर , मगर भुषाल तथा कार्यक्रमका प्रशिक्षक लेख वहादुर आले मगर , समाजसेवि रेशम राना मगर , राम वहादुर राना मगर लगाएतले मगर भाषा, सस्ंकारका वारेमा वोलेका थिए ।पुतलिवजार नगरपालिका र जिल्ला विकाश समिति स्याङ्जाको आर्थिक सहयोगमा सन्चालित तालिममा मगर भुषाल लेख वहादुर आले मगरले प्रशिक्षण दिनेछन् ।तालिममा पुतलिवजार नगरपालिकाका करिव १५ जनाको सहभागिता रहेको छ ।
उद्धघाटन कार्यक्रम प्रतिष्ठानका सचिव याम कुमारी रिङ्जाली मगरको स्वागत , सदस्य लिल वहादुर रानाको सन्चालन र प्रतिष्ठानका अध्यक्ष प्रेम राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %