गोविन्द घर्ती
देवदह जेठ १९ । रुपन्देहीको देवदह नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गर्ने काम तिव्ररुपमा अगाडि बढेको छ । देवदह नगरपालिकाको वडा नं १ देखि ११ सम्म निर्माण भएको शौचालयको अवलोकनलाई तिव्ररुपमा अगाडि बढाईएको नगरपालिकाले जनाएको छ । तत्कालिन देवदह गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएपनि केरवानी गाविसलाई दिशामुक्त गाविस घोषणा गर्न वाकी रहेको थियो । अहिले देवदह नगरपालिकाले तत्कालिन केरवानी गाविसमा १ सय ५० घरमा र देवदह गाविसमा ७१ घरमा शौचालय निर्माणको कामलाई तिव्रता दिएको छ । देवदह नगरपालिका भित्र करिव ९९ प्रतिशत शौचालय बनिसकेको र १ प्रतिशत बन्ने क्रममा रहेकोले देवदह नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागि परेकोे देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए ।
यही जेठ २७ गते देवदह नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागि परेको अधिकृत घिमिरेले बताए । शौचालय नभएकालाई एक हप्ता भित्र शौचालय निर्माण गर्न समय दिएको अधिकृत घिमिरेले बताए । नगरपालिकाले दिएको समय सिमा सम्म पनि शौचालय निर्माण नगर्नेलाई नगरपालिकाले दिदै आएको सेवा सुविधा नदिने अधिकृत घिमिरेले बताए । उता तत्कालिन देवदह गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्दा गरिएको खर्च सार्वजनिक गर्न स्थानीयवासीले माग गरेको छ । तत्कालिन देवदह गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्दा गरिएको हिसाव किताव पाच बर्ष वितिसक्दा समेत सार्वजनिक गर्न सेकेको छैन । हिसाव किताव सार्वजनिक सम्वन्धमा पटक पटक सम्वन्धीत निकाय संग बैठक बसेपनि हिसाव किताव सार्वजनिक गर्न नसकेको देवदह नगरपालिकाले जनाएको छ ।
