क्षेत्रनं. ४ रुपन्देहीमा नर सिंह काउचा मगर

Read Time:3 Minute, 37 Second

कमल चौधरी

बुटवल,जेठ २० – राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्रीय समिति क्षेत्रनं. ४ को आठौं अधिवेशन एक कार्यक्रमका बीच आईतबार बुटवलमा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य होमाया गुरुङ्गको प्रमुख अतिथ्यता, राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीमबहादुर रानाको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा पहिचान सहितको संघीयताको लागि सम्पूर्ण जनजाति एक जुट हुनुको विकल्प नरहेको बक्ताहरुले जोड दिएका थिए ।

उनीहरुले अदिवासी जनजाति, माहिला, मदेसी, मुस्लिम लगायतका उत्पीडित वर्ग समुदायहरुको अधिकारलाई यहाँका शासकहरुले कुण्ठित गरको आरोप लागए ।

अधिवेशन कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्रनं. ४ रुपन्देहीका अध्यक्ष वर्णबहादुर रानाको अध्यक्षता, उपाध्यक्ष भिम माया रानाको स्वागत र सचिव झमबहादुर श्रीसको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा संघीय परिषद् सदस्य मनबहादुर थापा, संघीय परिषद् सदस्य बल बहादुर राना, राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय महासचिव ज्ञानबहादुर थापा, सैनिक संगठनका केन्द्रीय सदस्य बलबहादुर थापा, सैनिक संगठनका केन्द्रीय सदस्य दलबहादुर थापा, लुम्बिनी राज्य परिषद्का उपाध्यक्ष धनी आले, जिल्ला उपाध्यक्ष मधु राना, राष्ट्रिय महिला मोर्चाका जिल्ला अध्यक्ष विमला गुरुङ्ग, नर सिंह काउचा, थर्कबहादुर बाह्रघरे, बसन्ती साठीघरे, श्याम बहादुर राना, यमबहादुर थापा, नर प्रसाद गुरुङ्ग लगायतले बोलेका थिए ।

भने अधिवेशन कार्यक्रममा अध्यक्ष वर्णबहादुर रानाले संस्थाको प्रगती प्रतिवेदन पेश गरेका थिए, भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  त्यस्तै नर सिंह काउचा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा भिम माया राना, उपाध्यक्षमा प्रेम गुरुङ्ग, सचिवमा थर्कबहादुर बाह्रघरे, सह–सचिवमा लिल कुमार राना, कोषाध्यक्षमा लुमबहादुर सारु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धन बहादुर छन्त्येल, प्रेमबहादुर पुन, मुक्तबहादुर थापा, शोभा दर्नाल, युक्त राम फौजा, तेजबहादुर पुन, अनिता छन्त्याल, बलबहादुर पुन, कमला थापा, ज्ञानु राना, कृष्णा सारु, मनबहादुर पुन, टेक बीर थापा, मनी राज गुरुङ्ग, ज्ञानबहादुर गुरुङ्ग, धन प्रसाद छन्त्टेल, भवी सरा सारु र गमबहादुर थापा, चयन भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %