किरात राई पत्रकार संघद्वारा पत्रकार गुरुङलाई आर्थिक सहयोग

Read Time:1 Minute, 41 Second

देब पचभैया

काठमाडौं, २० जेठ

किरात राई पत्रकार संघले वरिष्ठ पत्रकार चुनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । किरात राई पत्रकार संघ अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गुरुङलाई ११ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एकलाई दुःख पर्दा अर्का पत्रकारले सघाउनु मानवीय दायित्व भएकाले आदिवासी जनजाति समुदायका अग्रज पत्रकार गुरुङलाई आर्थिक सहयोग गरेको संघ अध्यक्ष राईले बताए । आर्थिक सहयोग ग्रहण गर्दै पत्रकार गुरुङले सञ्चारकर्मीले वर्षमा एकपटक स्वास्थ्य जाच गराउन सुझाए । उनले सञ्चारकर्मीलाई मात्रै नभएर जोकोहीसग भेटघाट हुँदा बर्सेनि स्वास्थ्य जाँच गराउन आग्रह गरेको बताए ।

वरिष्ठ पत्रकार गुरुङको भारतको एपोलो अस्पतालबाट मिर्गाैला प्रत्यारोण गरिएको हो । करिब दस वर्ष सक्रिय पत्रकारिता गरेका उनी ज्वाला साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

किरात राई पत्रकार संघ महासचिव प्रकाश खालिङले पत्रकार गुरुङको स्वास्थ्यलाभको कामनासहित गुरुङको आगामी दिन झन् सक्रिय बनोस् भन्दै शुभकामना दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %