गोविन्द घर्ती
जेठ १६ । सञ्चार माध्यमहरुले स्थानीय स्तरका मुद्दालाई प्राथमिकता दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका थिए । उनीहरुले समाजमा रहेका विकृति र विसंगतिलाई हटाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका भएकाले समृद्धि समाज निर्माणमा लाग्न आग्रह गरेका थिए । त्रिवेणी सामुदायिक टेलिभिजनद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सञ्चार माध्यमले पहल गर्नु पर्नेमा जोड दिए ।
घिमिरेले सञ्चार माध्यमले समाजमा रहेका सत्य तथ्य समाचारहरु वाहिर ल्याएर आम नागरिकलाई सचेत गराउनु पर्ने बताए । टेलिभिजनका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा–माओवादीका जिल्ला सदस्य नमराज पुरी, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमालेका डा.कृष्ण न्यौपाने, नेकपा माओवादीका कल्पना सुवेदी, राप्रपाका ऋषिराम रेग्मी, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेल, वन सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारीले बोलेका थिए ।
त्यसैगरी केशव भट्टराई, रुक्मागत काफले, दामोदर खनाल, छविलाल जिसी, प्रमोद खनाल, सुवकान्त न्यौपाने, त्रिलोचन दाहाल, सिता अधिकारी, मिना श्रेष्ठ, तेजु अर्याल, अर्जुन ढकाल, टेक बहादुर राना, दिनानाथ अर्याल, चन्द्र बहादुर राना, जसमान गुरुङ्ग, राजेश पाण्डे, राम प्रसाद देवकोटा लगायतले आ–आफना भनाई राखेका थिए । उपाध्यक्ष बोल्गा नेपालको स्वागत र रवि पाण्डेको संचालनमा भएको कार्यक्रममा टेलिभिजनका स्टेशन म्यानेजर कुश्माखर ढकाल, कोषाध्यक्ष राजेन्द्र सुनारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
