गोविन्द घर्ती
देवदह जेठ १५ । रुपन्देहीको देवदह–९, वंगालीमा ५ दिने सर्वोत्तम पिठो बनाउने तालिम शुरु भएको छ । प्रगतिशिल अपाङ्गता समाज बुटवलको आयोजना र जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा उक्त तालिम शुरु भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले तालिममा सिकेका ज्ञानलाई व्यवसायीक रुपमा उतार्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले अशिक्षाका कारण राज्यले लक्षित बर्गलाई विनियोजन गरेको रकम खर्च हुन नसकेकोे बताएका थिए । समुहका अध्यक्ष लिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरी ढुगाना, देवदह साप्ताहिकका त्रिलोचन दहाल लगायतले आ–आफना भनाई राखेका थिए । स्वष्टिक खनालको स्वागत र निर्मला देवी चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा देवदह क्षेत्रका करिव १० जना अपाङ्गहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
