देशमा आमनागरिकको जीवन यापनमा परिवर्तन आउन सकेन

Read Time:3 Minute, 16 Second

गोविन्द घर्ती

देवदह जेठ १५ । देशमा राजनैतिक परिवर्तन भएपनि आमनागरिकको जीवन यापनमा परिवर्तन आउन नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नागरिकलाई केन्द्रमा राखेर राजनैतिक सहमति गरी संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राजनैतिक दलहरुले एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा संविधान बन्न नसकेको बताएका थिए ।

देवदह साप्ताहिकको आयोजना र देवदह नगरपालिकाको सहयोगमा संघीय लोकतान्त्रिक गणतन्त्रमा नागरिक सरोकार र राज्यको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले संविधान निर्माणको लागि नागरिक समाजले दवाव दिनु पर्नेमा जोड दिएका थिए । समावेसी र समानुपातिक प्रतिनिधित्व भएमात्रसवै नेपालीहरुको अधिकार सुनिश्चित हुने बताएका थिए । देवदह साप्ताहिकका प्रकाशक त्रिलोचन दहालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेपाली काग्रेसका महासमिति सदस्य मणि प्रसाद शर्मा, महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, नेकपा एमालेका सचिवालय सदस्य धुव्र खरेल, सिद्धिचरण भट्टराई, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टा, एमाओवादीका जिल्ला सदस्य टिका गौतम, लिलाधर मरासिनी, नेकपा माओवादीका जिल्ला सदस्य नमराज पुरी, राष्ट्रिय जनमोर्चाका हरी केसी लगायतले बोलेका थिए ।

त्यसैगरी दुर्गा बहादुर राना, प्रजापति सापकोटा, वासुदेव रिमाल, प्रकाश अर्याल, जयकिशन अधिकारी, विष्णु प्रसाद पौडेल, पदम थापा, सुवकान्त न्यौपाने, गोविन्द ठड्राई, कोष बहादुर गुरुङ, मिना श्रेष्ठ, खेम नारायण अधिकारी, प्रमोड खनाल, तिलक लोहनी, डम्वर बहादुर थापा, चक्रपानी तिवारी, ऋषिराम लामिछाने लगायतले आ–आफना भनाई राखेका थिए । भिम प्रसाद गुरुङ्गको संचालनमा भएको कार्यक्रममा पत्रिकाका सम्पादक राम बहादुर गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %