रूद्र श्रीसमगर
पाचोक, (लमजुङ) १३- जेठभूकम्प प्रभावित लमजुङको पाचोक गाविस वडा नं. २ र ३ मा पर्ने छैलुङ गाउँमा राहत वितरण गरिएको छ ।
मिलन फाउण्डेशन नेपालको अगुवाइमा नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीसँगको सहकार्यमा छैलुङका भूकम्पपीडित पूर्ण रूपमा घर क्षति भएका ८ घरपरिवारलाई म्याट्रेस, बिस्कुट, चाउचाउ, चामल, ग्लुकोजलगायतका खाद्यान्नसहितका राहत सामग्री वितरण गरिएको हो ।
सो ठाउँको स्थलगत अवलोकनपश्चात् सेना तथा प्रहरीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो । सो अवसरमा मिलन फाउण्डेशन नेपालका बोर्ड सदस्य गौरी गुरुङ, कोषाध्यक्ष दिपिका थापा मिलन, मिस तमुस्यो नमिता गुरुङ, नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीका उपाध्यक्ष धनु गुरुङलगायतको उपस्थिति रहेको थियो ।
