मगर सङ्घ कास्की गोरखाको बोर्लाङ र थुमीमा

Read Time:1 Minute, 21 Second

रूद्र श्रीसमगर

पोखरा, १३ जेठ-नेपाल मगर सङ्घ कास्कीले भूकम्पको केन्द्रविन्दु गोरखाका भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण गरेको छ ।

गोरखाको बोर्लाङका भूकम्पपीडित १५ घरपरिवारलाई जस्तापाता  र थुमीका ३८ भूकम्पपीडित घरपरिवारहरूलाई चामल, तेल, नुन, साबुन, मस्यौरा, बिस्कुटलगायतका खाद्य सामग्री वितरण गरिएको हो ।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादु रानामगरको नेतृत्वमा गएको राहत वितरण टोलीमा जिल्ला सह–कोषाध्यक्ष कुमार थापामगर, जिल्ला सदस्य बुद्धिमाया थापामगर, नेपाल मगर सङ्घ माटेपानी एकाइ समितिका पूर्व अध्यक्ष दलबहादुर श्रीसमगर, आदिवासी जनजाति युवा महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापामगरलगायत सहभागी थिए ।

राहत वितरणका लागि बोर्लाङमा शिव थापामगर र थुमीमा बुद्धबहादुर थापामगरले संयोजन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %