रूद्र श्रीसमगर
पोखरा, १३ जेठ – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचाररत भूकम्पका घाइते र तिनका बिरामीहरूलाई जनजागृति आमा समूह, पोखरा–१५, तल्लो नयाँगाउँले सोमबार बिहानको खाना खुवाएको छ ।
सो अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामी र कुरुवासहित ७० जनालाई खाना खुवाइएको समूहकी कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठले जानकारी दिए । खाना आमा समूह आफैंले तयार पारेको थियो भने खानाको सम्पूर्ण खर्चका लागि समूहकी कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठ र उहाँका श्रीमान् हाल अमेरिकामा रहेका रविकुमार श्रेष्ठले सहयोग गरेका हुन ।
त्यसैगरी, अस्पतालमा उपचाररत भूकम्पका घाइते एवं बिरामीहरूलाई आमा समूहकी सदस्य हुमकुमारी गदाल र अनिल गुरुङको सहयोगमा जुस समेत वितरण गरिएको थियो । गदालले दुई कार्टुन जुस र गुरुङले दुई कार्टुन जुस र तीन जार पानी सहयोग गरेका थिए ।
आमा समूहका अध्यक्ष विमला गुरुङ, उपाध्यक्ष सुकमाया श्रीस, सह–सचिव सुशीला थापा र कोषाध्यक्ष अनिता गुरुङ श्रेष्ठलगायत अन्य सदस्यहरूसहित २० जनाको टोली खाना खुवाउनका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेको थियो ।
