पत्रकार शहीद सेनको सम्झना

Read Time:2 Minute, 30 Second

रूद्र श्रीसमगर

पोखरा, १३ जेठ – पत्रकार तथा साहित्यकार शहीद् कृष्ण सेन इच्छुकको १३ औं स्मृति दिवस पोखरामा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

बुधबार नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा पत्रकार इच्छुकको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरियो ।

गत वैशाख १२ गते देशमा गएको विनाशकारी महाभूकम्पका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै महासङ्घले अनौपचारिक रूपमै पत्रकार शहीद इच्छुकको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी स्मृति दिवस मनाएको हो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, केन्द्रीय सदस्य सुष्मा पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक केदार रजौरे, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल थिए । 

त्यस्तै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका महासचिव कमल पौडेल अथक, क्रान्तिकारी पत्रकार सङ्घ नेपालकी केन्द्रीय सदस्य गोमा घिमिरे, प्रेस चौतारी गण्डकीका पूर्व संयोजक नवराज सुवेदी, क्रान्तिकारी पत्रकार महासङ्घ नेपाल कास्कीका संयोजक रूद्रबहादुर श्रीस, क्रान्तिकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरू, प्रेस चौतारी कास्कीका सदस्य मोतीसागर अधिकारीलगायत करिब डेढ सय पत्रकारहरूले शहीद इच्छुकको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी इच्छुकको योगदान स्मरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %