विनोद रखाली मगर
गल्याङ् , जेठ १२ – वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्प देखि प्रभावित स्याङ्जाका गरिव , अतिविपन्न करिव १०० घर परीवार लाई स्याङ्जा सहयोग समाज जापानले जस्ता पाता वितरण गरेको छ ।

वितरण गर्ने क्रममा स्याङ्जाको क्षेत्र न. ३ अन्तरगत श्रीकृष्णगण्डकी जैपते र गल्याङ्मा गरी ३५ घर परिवारलाई १२ फुटको ६ थान जस्ता पाता प्रत्येक घर परिवारलाई वितरण गरेको छ ।
जिल्लाको पकवादी , पिडिखोला , पेलाकोट , निवुवाखर्क , श्रीकृष्णगण्डकी , विर्घा , चण्डीभन्ज्याङ् , तुलसिभन्ज्याङ् , मालुङ्गा , साँखर , सेखाम , चण्डीभन्ज्याङ्ग गाविसका अति गरिव , विपन्न ३५ घर परिवारलाई वितरण गरीएको समाजले जनाएको छ । राहत वितरण कार्यक्रममा स्याङ्जा सहयोग समाज जापानका कोषाध्यक्ष तथा राहत सङ्कलनका सयोंजक सुरेश रेग्मीले जिल्लाका तिन क्षेत्रमा गरी ५ स्थानमा वितरण कार्य मङ्गलवार देखि अघि वढाइएको जनाए ।

वितरण कार्यक्रममा सविंधान सभाका सदस्य मुक्ति प्रसाद पाठकले स्याङ्जा समाज जापानको सहयोगले स्याङ्जाली जनताको घाउमा मलम लगाएको भन्दै स्याङ्जा समाज जापान लाई धन्यवाद दिए । कार्यक्रममा समाजसेवि लक्ष्मण प्रसाद भट्टराई , स्याङ्जा समाज कतारमा सचिव हरी अर्याल , इलाका प्रशासन कार्यालय वालिङ्का नायव सुव्वा श्री प्रकाश रेग्मी लगाएतले वोलेका थिए ।
स्याङ्जा सहयोग समाज जापानले जापानको विभिन्न क्षेत्रमा सङकलन गरेको सहयोग जिल्लामै वितरण गर्न गरेको हो । समाजले क्षेत्र न. २ मा २५ घर परिवार , क्षेत्र न. १ मा ३५ घर परिवारलाई पहिलो चरणमा सोही परिमाणको जस्ता पाता वितरण गर्ने भएको छ । विभिन्न गाविसका भुकम्प देखि विस्थापित अतिविपन्न, गरिव परिवारको तथ्याङ्क सङ्कलन गरेको जनाउदै जिल्लाको वयरघारी, सेतिदोवान , पुतलिवजार नगरपालिकामा पनि राहत वितरण गरीने जनाएको छ ।
स्याङ्जा समाज जापानका कोषाध्यक्ष तथा सहयोग समितिका सयोंजक सुरेश रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सन्चारकर्मी विनोद रखाली मगरले गरेका थिए ।
