गोविन्द घर्ती
देवदह जेठ १३ – स्वच्छ र सफा खानेपानी सम्पूर्ण नेपालीको पहुचमा हुनु पर्ने क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताएका छन ।
उनले नेपाली नागरिकलाई केन्द्रमा राखेर सवैले विकास निर्माणका काममा लाग्नु पर्नेमा जोड दिए । चरङ्गे भूमिगत खानेपानी तथा सरसफाई संस्था देवदह–११, को प्रथम साधारण सभामा बोल्दै उनले उक्त कुरा बताएको हो ।
कार्यक्रममा बोल्दै सभासद रज्जाले बैज्ञानिक र दीर्गकालिन योजना बनाएर अगाडि बढ्ने हो भने, देशको विकास गर्न सकिनेमा जोड दिए । सभासद रज्जाकले भूकम्प पिडितको लागि आएको बैदेशिक सहयोगबाट प्राप्त हुने रकम ७५ प्रतिशत भत्तामा फिर्ता हुने हुदा राज्यले एकद्धार प्राणाली लागु गर्न खोजेकोबताए ।उनले भूकम्पबाट ध्वस्त भएका संरचनाहरु निर्माण गर्न राजनैतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष एकबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अजय कुमार कुसहवा, खानपानी तथा उपभोक्ता महासंघका धुव्रकुमार धिताल, नगरविकास समिति देवदहका अध्यक्ष डिल्लीराज मरासिनी, देवदह नगरपालिकाका ईन्जिनियर मनोज भट्टराई, जिल्ला विकास समितिका हरी पौडेल, नेकपा एमालेक सिद्धिरचण भट्टराई, नेकपा माओवादीका नमराज पुरी, नेपाली काग्रेसका वासुदेव रिमाल, एमाओवादीक विष्णु पाण्डे, देवदह खानेपानीका जसमान गुरुङ्ग, राजेन्द्र पराजुली, मिनबहादुर कुवर, धनबहादुर मोक्तान लगायतले बोल्दै दीर्र्घकालिन सोचका साथ खानेपानीको व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।
कोषाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिव लेखनाथ थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
