गल्याङ्मा गाहा मगर

Read Time:2 Minute, 2 Second

विनोद रखाली मगर

जेठ १२, गल्याङ् – नेपाल मगर विद्यार्थी संघ गल्याङ् वहुमुखि क्याम्पसको सातौं अधिवेशनले मुकेश गाहा मगरको अध्यक्षतामा १९ सदस्यीय क्याम्पस समिति निर्वाचित गरेको छ ।

 समितिको उपाध्यक्षमा तारा पल्लि मगर , सचिवमा गुनु राना मगर , सह सचिवमा खुम वहादुर राना मगर , कोषाध्यक्षमा कोपिला सारु मगर निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा विष्णु थापा मगर , करिस्मा गाहा मगर , भिमला थापा मगर ,  अरुणा सारु मगर , टिका थापा मगर , निशा थापा मगर , नविना थापा मगर , दिपेन थापा मगर लगाएत रहेका छन् ।

अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति स्याङ्जाका सचिव सचिना थापा मगरले सवै मगर विद्यार्थीहरुको एकता आजको आवश्यक्ता भएकोमा जोड दिइन् । कार्यक्रममा स्वतन्त्र विद्यार्थी संघ गल्याङ् वहुमुखि क्याम्पसका निवर्तमान सभापति खुम वराल मगर , पूर्व जिल्ला सह सचिव ललित थापा मगर लगाएले वोलेका थिए । साथै क्याम्पस समितिको पहिलो वैठकले जेठ १५ गते देखि ५ दिने उद्धघोषण तथा नेतृत्व विकाश तालिम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

प्रशिक्षणमा लक्ष्मी टेलिभिजनका समचार प्रमुख विनोद रखाली मगर , उमेश दर्लामी मगर , गुप्त राना मगर लगाएतले प्रशिक्षण प्रदान गर्ने मगर विद्यार्थी संघ गल्याङ् वहुमुखि क्याम्पसका नवनिर्वाचित अध्यक्ष मुकेश गाहा मगरले जनाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %