कास्की मगर सञ्चारकर्मीको संयोजकमा रूद्र थापा

Read Time:1 Minute, 36 Second

रूद्र श्रीसमगर

पोखरा, १३ जेठ- कास्कीका विभिन्न सञ्चारमाध्यममा कार्यरत मगर सञ्चारकर्मीहरू संगठित भएका छन् ।

शनिबार सम्पन्न मगर सञ्चारकर्मीहरूको भेलाले मगर आमसञ्चारकर्मी समाज, जिल्ला तदर्थ समिति, कास्की गठन गरेको छ ।

आदर्श समाज राष्ट्रिय दैनिकका सह–सम्पादक रूद्रबहादुर थापामगर संयोजक र कास्की आवाज राष्ट्रिय दैनिकका सह–सम्पादक रूद्रबहादुर श्रीसमगर सचिव रहने गरी २५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

त्यसैगरी, तदर्थ समितिका सदस्यहरूमा खेमबहादुर सारूमगर, तिलकप्रसाद पुनमगर, सुरेन्द्र थापामगर, हर्कबहादुर आलेमगर, एमबी आस्था मगर, अरुण दर्लामीमगर, मनोज घर्तीमगर, मीना थापामगर, उमा आलेमगर, गीता रानामगर, सुमन थापामगर, रविना आलेमगर, विनु मसराङ्गीमगर, मीना रानामगर, हुमबहादुर थापामगर, कमला थापामगर, गोविन्द सिंजालीमगर, सुरज थापामगर, ओम जी मगर, टीका थापामगर, पुनम थापामगर, दुर्गा रानामगर र इनिशा दुरामगर रहनुभएको छ ।

साथै, सो भेलाले आगामी शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसका दिन प्रथम जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %