काठ तस्करीलाइ कठाधारामा

Read Time:1 Minute, 28 Second

गोविन्द घर्ती  

देवदह ,जेठ १३ – रुपन्देहीको देवदहबाट सालको चिरान काठ सहीत ७ जनालाई सेक्टर वन कार्यालय शितलनगरले प्रक्राउ गरेको छ ।

बुद्ध सामुदायिक वन समुहको गस्ती टोलीले पक्राउ गरी सेक्टर वन कार्यालयलाई बुझाएको हो । उनीहरुलाई करिव १६ क्यूविकफिट सालको चिरान काठ सहीत प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देवदह–६, निवासी राजु खत्री, अर्जुन खत्री, धनबहादुर रोका, ईन्द्र गुरुङ्ग, शिपबहादुर क्षेत्री, ठागु गुरुङ्ग र सुनवल–७, ज्यामिरे निवासी सुकै थारु रहेको सेक्टर वन कार्यालयले जनाएको छ ।

काठ तस्करीमा संलग्नहरुलाई जिल्ला वन कार्यालय मार्फत मुद्दा चलाउने सेक्टर वन कार्यालयका प्रमुख सतेन्द्र नारायण सिंहले बताए । थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय चलान गरिएकोउनले बताए ।

काठ तस्करीमा संलग्न मध्ये केही सामुदायिक वनका पुर्व पदाधिकारी समेत रहेको वन कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %