रूद्र श्रीसमगर
पोखरा, १३ जेठ – एकीकृत नेकपा (माओवादी)सहितका पाँच कम्युनिष्ट पार्टी पुनर्निर्माणमा श्रमदानका लागि महाभूकम्पको केन्द्रविन्दु गोरखा पुगेका छन् ।
एमाओवादीसहित नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुनर्निर्माणका लागि गोरखा पुगेका हुन् । संयुक्त कार्यदलबाट नेताहरूलाई विभिन्न कार्यक्षेत्र तोकिएका छन् ।
जस अनुसार बुङकोटमा एमाओवादी नेता कुमार तथा एकीकृतका रामजी थापा र भीमबहादुर श्रीस, गुम्दामा एमाओवादीका जीवन्त र नेकपा–माओवादीका सागर, घ्याचोकमा नेकपा–माओवादीका अजित र एमाओवादीका अक्कलको नेतृत्वमा पुनर्निर्माणका स्वयंसेवक टोली खटिएका छन् ।
