पाल्पामा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यू

Read Time:1 Minute, 3 Second

देब पचभैया

पाल्पा, जेठ ८

ट्रिपर दुर्घटनामा पाल्पामा २ जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पाको झुम्सामा गिट्टि लिन आएको बा १ क ९१०० नम्बरको ट्रिपर दोभान ५ झुम्सामा आज बिहान दुर्घटना हुदा चालक सुनवल २ नवलपरासीका २५ वर्षिय विमल बुढाथोकी र सोही ठाउका सहचालक २३ वर्षिय देवेन्द्र गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

दुर्घटनामा घाइते भएका चालक बुढाथोकी र सहचालक गुरुङको लुम्विनी अञ्चल अस्पताल बुटवल उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । अगाडिको टायर पन्चर भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुघर्टनाग्रस्त ट्रिपर सडकदेखि झण्डै २ सय मिटर तल खसेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %