रूद्र श्रीसमगर
पोखरा, ६ जेठ – कास्कीको ल्वाङघलेल–७, मोरका सिंजाली थापामगरहरूले पिृत उद्दारका लागि कुल मन्दिरको निर्माण गरी उद्घाटन गरेका छन् ।
सिंजाली थापाका माइती–चेली परिचय तथा बाजागाजासहितको रमाइलो कार्यक्रममा पोखरा–२८, अर्मला, रयालेनिवासी ८९ वर्षीय मनबहादुर सिंजाली थापाले सो कुल मन्दिरको उद्घाटन गरेको हो ।

कुल मन्दिरका व्यवस्थापक बलबहादुर सिंजाली थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर सङ्घ कास्कीका जिल्ला सदस्य बुद्धिमाया थापामगरले गरेका थिए । कुल मन्दिरको सहयोगीका रूपमा झकबहादुर सिंजाली थापा समेत रहेका छन । मोरमा ५५ घरधुरी सिंजाली थापामगरहरूको बसोबास छ ।
सोही अवसरमा महाभूकम्पमा परी ज्यान गुमाउनेहरूको सम्झनामा मौनधारण गरी श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।
