कमल चौधरी
बुटवल – बुटवल उपमहानगरपालिकका बरिष्ठ अधिकृत राम प्रसाद अर्यालले ज्वई स्पोर्टिङ्ग क्लबको विकासको लागि भूपूहरुको योगदानले मात्रै नहुने बताएका छन् ।

उनले भूपू सैनिक ज्वई स्पोर्टिङ्ग क्लब बुटवल उपमहानगरपालिका–१५ सालघारी रुपन्देहीको संस्थागत आर्थिक तथा समाजिक विकासको लागि सम्पूर्ण सरकारी तथा गैह्र सरकारीहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले स्पोर्टिङ्गको दिगो विकास हुनको लागि सैनिकहरुले मात्रै स्पोर्टिङ्गलाई सहयोग गरेर मात्रै नहुने भन्दै क्लबको संस्थागत अम्दानी हुन जरुरी रहेको जिकिर गरे ।
मंगलबार भएको उक्त भूपू सैनिक ज्वई स्पोटिङ्ग क्लब बुटवल उपमहानगरपालिका– १५ सालघारी रुपन्देहीको ४० औं साधारण सभा तथा अधिवेशनमा बुटवल उपमहानगरपालिकका वडा–१५ का सचिव गणेश न्यौपाने, भूपू सैनिक ज्वई स्पोटिङ्ग क्लबका सल्लाहकार मान सिंह थापा, नेपाली कांग्रेसका प्रतिनिधि पूर्णबहादुर कार्की, एमओवादीका जिल्ला सदस्य एन.बी शाही, भूपू सैनिक जन कल्याण समाजका शेर बहादुर पुन, जितेश्वरी समुदायिक बनका स–अध्यक्ष सन्त बहादुर कार्की लगाएतले बोल्दै संस्थाको विकासको लागि सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्पोर्टिङ्ग क्लब आफूहरुकै सम्पत्ति भएको भन्दै यसको दिगो विकास तथा संरक्षणको लागि सम्पूर्ण राजनैतिक दलहरु मिलेर लाग्नुपर्नेमा जोड दिए ।
साधरण सभामा अध्यक्ष दलबहादुर थापाले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष तेजबहादुर दर्लामीले १३ लाख ५८ हजार बराबरको आय र १४ लाख ६६ हजार बराबरको व्याय प्रस्तुत गरेका थिए । साथै उक्त सधारण सभा भूपू सैनिक ज्वई स्पोर्टिङ्ग क्लब बुटवल उपमहानगरपालिका–१५ सालघारी रुपन्देहीका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष बलबहादुर थापाको स्वागत र सचिव राजेन्द्र थापाको संञ्चलनमा सम्पन्न भएको थियो ।
लगभग तीन सय जनाको उपस्थिति रहेको उक्त साधारण सभा कार्यक्रममा अध्यक्ष थापाले प्रमुख अतिथि बुटवल उपमहानगरपालिकका बरिष्ठ अधिकृत राम प्रसाद अर्याललाई मायाको चिनो प्रदान गरेका थिए ।
त्यसैगरी भूपू सैनिक ज्वई स्पोर्टिङ्ग क्लब बुटवल उपमहानगरपालिका –१५ सालघारी रुपन्देहीको एक कार्यक्रमका बीच मंगलबार नयाँ कार्य समिति चयन भएको छ ।
उक्त स्पोर्टिङ्ग क्लबका अध्यक्ष गोविराम पुनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा खेमानसिङ राना, उपाध्यक्षमा निर्माल थापा, उपाध्यक्षमा शिव कुमार थापा रहेका छन् । त्यस्तै सचिवमा राजेन्द्र थापा, महा–सचिवमा चित्रबहादुर थापा, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा प्रतव राना, सह–कोषाध्यक्षमा प्रेम राना चयन भएका छन् भने सदस्यहरुमा नविन्द्र पुन, कुमार थापा, टिका थापा, रुपेश पुन, भिमा सालमीमगर, जितन्द्र कुमार राना र प्रार्वती विक चयन भएका छन् ।
