कक्षा कोठा चर्किएपछि खुला चउरमा पठन पाठन

Read Time:2 Minute, 45 Second

भुकम्पले पाल्पामा झण्डै २० हजार घरमा क्षति

देब पचभैया

पाल्पा, जेठ ७ – गत बैशाख १२ गते गएको भुकम्प र त्यसपछिका पराकम्पले पाल्पामा झण्डै २० हजार घरमा क्षति पुर्याएको छ । ९ हजार १ सय १३ जना बिस्थापित भएका छन् । जिल्ला दैबिक प्रकोप उद्धार समिति पाल्पाका अनुसार १ हजार ८ सय ८४ घर पुर्ण क्षति भएको  छ भने ४ हजार ४ सय १८ घरमा आशिंक र १३ हजार २ सय १९ घरमा सामान्य क्षति पुगेको छ ।

भुकम्पले पारेको क्षतिको बिवरण संकलन भैरहेकाले क्षतिको संख्या बृद्धि हुने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्तीले बताए । भुकम्पले पाल्पामा एक जनाको ज्यान गएको थियो भने १२ जना सामान्य घाईते भएका थिए ।

भुकम्प पछि जिल्ला दैबिक प्रकोप उद्धार समितिमा बिभिन्न संघ सस्था र ब्याक्तिहरुले जम्मा गरेका १५ लाख ५० हजार ४ सय ७६ , जिल्ला बिकास समितिको १३ लाख ९६ हजार र केन्द्र बाट हाल सम्म प्राप्त १ करोड ५० लाख रुपिया राहत स्वरुप बितरण गरिएको घर्तीले जानकारी दिए । केन्द्रको निर्देशन अनुसार पुर्ण रुपमा घर क्षति भएकालाई ५ हजार र आसिंक क्षति भएकालाई ३ हजारका दरले राहात बितरण गरिएको उनको भनाई छ ।

पाल्पाका २१ बिधालयका ५० कक्षा कोठामा पुर्ण क्षति पुगेको , १९ बिधालयका ६६ कक्षा कोठा भड्किने अवस्थामा रहेको र ७७ कक्षा कोठा चर्किएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ ।

जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठका अनुसार भुकम्पले प्रभाबित बिधालयहरुले एउटै कोठामा  दुई वटा सम्म कक्षा चलाएका छन् भने अधिकांश बिधालयहरुले चउरमा पठन पाठन गराएका छन् ।

प्रभाबित बिधालयहरुलाई तत्काल जस्तापाता प्रदान गर्नुपर्ने भएपनि आफुृहरु संग बजेट नभएकोले पानी पर्दा बिधालय बन्द गर्नुपरेको श्रेष्ठले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %