रूद्र श्रीसमगर
पोखरा, ६ जेठ – साबिकको अर्मला गाविस, हाल पोखरा उप–महानगरपालिका वडा नं. २८ मा पर्ने अर्मलाका भूकम्प पीडितहरूलाई भूपू युके समाजका अध्यक्ष क्या. तीर्थबहादुर गुरुङले राहत वितरण गरेका छन ।
मानवीय क्षति नभएपनि अर्मलाका थुप्रै घरहरू पूर्ण तथा आंशिक क्षति भएका छन् । अर्मला–झ्यूप्राङकोट युके समाजसँग समन्वय गरी राहतस्वरुप प्राप्त रकम क्या. गुरुङले भूकम्प पीडितहरूसँग प्रत्यक्ष भेटघाट तथा स्थलगत अध्ययन गरी ३ लाख ५ हजार रुपैयाँ बराबरको राहत वितरणगरेको दीपक आचार्यले जानकारी दिए।
राहत वितरण कार्यक्रममा सो वडाका प्रतिष्ठित व्यक्ति एवं समाजसेवीहरूको उपस्थिति समेत रहेको थियो ।
